उद्यम विकास सहकारीको वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

0 Shares

काभ्रेको पनौती नगरपालिका वडा नम्बर ७ मा रहेको उद्यम विकास बचत तथा ऋण सहकारी संस्था लि.ले मिति २०७९ साल बैशाख २५ गते आइतबारका दिन वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
त्यसैगरी संस्थाले भालेश्वर मा.वि.काभ्रेका कक्षा १२ मा अध्ययनरत ३२ जना छात्र छात्राहरुलाई सो वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण संचालन गरेको थियो ।
सो संस्थाको बैठक सभाहलमा गरेको उक्त कार्यक्रमको अध्यक्षता सोहि संस्थाका अध्यक्ष रोशन कुमार श्रेष्ठले गर्नुभएको हो ।
उक्त कार्यक्रममा संस्थाका कोषाध्यक्ष बिमल कार्की,संचालक सदस्यहरु सनत प्रसाद सापकोटा,सुदन श्रेष्ठ, लेखा तथा प्रसाशन अधिकृत शिल्पा श्रेष्ठ,ऋण सहायक बलराम थापा लगायतका संस्थाका संचालक सदस्यहरुको उपस्थिति रहेको थियो ।
सो कार्यक्रमको सहजीकरण संस्थाका व्यवस्थापक उत्तम श्रेष्ठले गर्नुभएको थियो ।

अन्तराष्ट्रिय सहकारी मुल्य, मान्यता र सिद्धान्तको पालन गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरुलाई विशेष प्राथमिता दिँदै आईरहेको सो संस्थाले वित्तीय कारोबार मार्फत आफ्ना सदस्यहरुको जीवन स्तर उकास्नमा उल्लेखनीय योगदान समेत पु¥याउँदै आईरहेको छ ।

Leave a Reply