अब पोखराको प्राइम सहकारीका सदस्यले पाउने भए केबुलकार चढ्दा विशेष छुट
कास्कीको पोखरा महानगरपालिका गै्रह्रपाटनमा मुख्य कार्यालय रहेको प्राइम सहकारी संस्था लि.ले पोखरामा संचिलत हुँदै आईरहेको अन्नपूर्ण केवलकारमा आफ्ना शेयर सदस्य र कर्मचारीहरुको लागि उक्त लाग्ने रकम भन्दा केहि छुटको व्यवस्थाको लागि संस्थाले एक औपचारिक कार्यक्रम गरीसो केबलकार कम्पनीसँग हस्ताक्षर गरेको छ ।
त्यसैगरी सो संस्थाले केबलकार कम्पनीले लिने गरेको रकम मध्येबाट १० प्रतिशत छुट गर्ने गरी सोहि संस्थाका पूर्व अध्यक्ष निदेशप्रसाद कोइराला र सो केबलकार कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेश पौडेलले हस्ताक्षर गर्नुभएको हो ।
यो संस्थाले गरेको कार्यबाट अब सदस्यहरु थप उत्साहित हुने देखिएको छ । भोलिका दिनहरुमा पनि संस्थाले यस्ता कार्यहरुलाई थप अगाडि बढाउँदै लैजाने संस्थाकी प्रबन्ध निरु थापाको भनाई छ ।
अन्तराष्ट्रिय सहकारी मूल्य, मान्यता र सिद्धान्तको पालन गरी सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेको सो संस्थाले सदस्यहरुको आयस्तर परिवर्तन ल्याउनुका साथै सहकारी क्षेत्रमा आफ्नो एउटा छुट्टै पहिचान बनाउन सफल भएको छ ।
