सगुन साकोसको रणनीतिक योजना कार्यशाला गोष्ठि भोलि समापन हुँदै
सर्लाहीको हरिवन नपामा रहेको सगनु बचत तथा ऋण सहकारी संस्था लि ले यहि मिति २०७९ जेष्ठ २५ देखि २७ सम्म संचालन हुने रणनीतिक योजना कार्यशाला गोष्ठी महोत्तरीको बर्दिबासमा होटल गुञ्जमा यहि जेठ २५ गतेका दिन उद्घाटन गरी कार्यक्र संचालन गरिरहेको छ ।
सो कार्यक्रमको अध्यक्षता सोहि संस्थाका अध्यक्ष केशव प्रसाद ढकालले गर्नुभएको छ भने कार्यक्रमको प्रमुख आतिथ्यता प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेतीले गर्नुभएको थियो ।
कार्यक्रमको सहजीकरण केशव प्रसाद पोखरेल गर्नुभएको हो ।
सो उद्घाटन सत्रको कार्यक्रम संचालन सचिब राज कुमार उप्रेती तथा स्वागत मन्तब्य कोषाध्यक्ष बिनोद कार्कीले गर्नुभएको हो
सो कार्यशाला गोष्ठीमा सस्थाका संचालक विभिन्न समिती उपसमिती र कर्मचारी गरि २२ जनाको उपस्थिति रहेको संस्थाका व्यवस्थापक रविन्द्र रानाको भनाई छ । सो गोष्ठी भोलि २७ गतेका दिन समापन गरिने छ ।
