काठमाडौंको आधारभूत सहकारी छैटौ बर्षमा, आर्थिक सुचांकमा देखियो उल्लेख्य प्रगित
काठमाडौंको न्यूरोड इन्द्रचोकबाट मुख्य कार्यालय स्थापना गरी वित्तिय कारोबार गर्दै आईरहेको आधारभूत बहुउद्देश्यीय सहकारी संस्था लि.ले आज संस्थाका सदस्यहरु र विभिन्न सहकारी अभियान्ताहरु सँग भव्य अन्तक्र्रिया कार्यक्रमा सम्पन्न गरेको छ ।
सो कार्यक्रम संस्थाले काठमाडौंको न्युरोडस्थित मारबाडी सेवा समितिको हलमा गरेको हो ।
साथै संस्था आज छैटौ बर्षमा पनि प्रवेश गरेको छ । यो छ बर्षको अवधिमा संस्थाले सदस्यहरुको सेवालाई निरन्तरता दिई उनिहरुको वित्तीय सेवा मार्फत जीवन स्तरमा समेत संस्थाले उल्लेखनीय योगदान पु¥याउन सफल भएको छ ।
अन्तराष्ट्रिय सहकारी मुल्य मान्यता र सिद्धान्तको पालना गरी सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेको सो संस्थाले सहकारी अभियान आफ्नो छुटै पहिचान बनाई सहकारी क्षेत्रमा नमुनायोग्य कार्य गर्ने संस्थाको रुपमा स्थापित भएको छ ।
सो बार्षिक उत्सवको अवसरमा आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्दै सोहि संस्थाका अध्यक्ष खड्ग देवकोटाले शुरुका दिनहरुलाई स्मरण गर्दै हाम्रो यस संस्थाले आज छैटौ बर्षमा प्रवेश गर्न सफल भईरहेको कुरा जानकारी गराउँदै संस्था यहाँसम्म आईपुग्नुमा संस्थाका कुशल कर्मचारी, संचालक समितिका पदाधिकारी विभिन्न उपसमितिका सदस्यहरुको ठूलो योगदान रहेको कुरा सो औपचारिक कार्यक्रममा जानकारी गराउनु भयो ।
साथै भोलिका दिनहरुमा संस्थाको वित्तीय सेवालाई थप प्रभावकारी रुपमा अगाडी बढाउँदै जानेमा उनको जोड समेत रहेको थियो ।
त्यसैगरी सोहि संस्थाकी प्रमख कार्यकारी अधिकृत सविना वाग्लेले हाम्रो यो संस्था आज छैटौ बर्षमा प्रवेश गरेको खुशी व्यक्त गर्दै हाम्रो यो संस्था सहकारीको नीति, विधी प्रविधिमा रही सहकारी मुल्य, मान्यता सिद्धान्तको पालना गरी वित्तीय क्षेत्रमा फ्डको मार्न सफल भएको कुरा प्रष्ट पार्नु भयो । साथै संस्थाको सबै आर्थिक सुचांकहरु पनि प्रगतिपथमा अगाडि बढिरहेको जानकारी गराउँदै भोलिका दिनहरुमा पनि हाम्रो यस संस्थाले सदस्यहरुको सेवालाई मध्यनजर गर्दै संस्थाको वित्तीय व्यवस्थापनलाई बलियो रुपमा अगाडि बढाएर सदस्यहरुलाई जस्तोसुकै अवस्थामा पनि सेवा दिन पछि नहट्ने कुराको जानकारी गराउनुभयो । साथै उहाँले संस्थाले गत आर्थिक बर्ष भित्रका क्रियाकलाप साथै संस्थाले गरेका नमुनायोग्य कार्यहरुको विवरण समेत सार्वजनिक गर्नुभएको थियो ।
सोहि अवसरमा संस्थाले अहिले बजारमा देखिएको तरलता अभाव र अव सहकारी संस्थाले वित्तीय व्यवस्थापनमा गर्नुपर्ने चूनौती लगायतका विषयमा सहकारी अभियान्ताका अगुवाहरुसँग पनि भव्य रुपमा छलफल गरिएको थियो ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका लेखा समिति संयोजक धर्मदत्त देवकोटा, राष्ट्रिय सहकारी बैंकका संचालक ज्ञानबहादुर तामाङ, राष्टिय सहकारी महासंघकी उपाध्यक्ष ओमदेवी मल्ल लगायतका प्रतिनिहरुको उल्लेख्य रुपमा उपस्थिति रहेको थियो ।
२०७४ असार २५ गते स्थापना भएको सो संस्थाले ४५ करोड बचत संकलन, ४ करोड शेयर पूँजी र ३ हजार भन्दा बढि सदस्यहरु संस्थामा आबद्ध भईसकेका छन् । संस्थाको सदस्य सेवा केन्द्र काठमाडौंको सामाखुशी र गोंगबुमा संचालन रहेका छन् ।
