पोखराको सनसाईन सहकारीले ग-यो प्रोवेशन कार्यक्रममा हस्ताक्षर
कास्कीको पोखरा महानगरपालिका पृथ्वीचोकबाट वित्तीय कारोबार गर्दै आईरहेको सनसाईन बचत तथा ऋण सहकारी संस्था लि. प्रोवेशन कार्यक्रम आबद्धता भएको छ ।
नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ ( नेफ्स्कुन) ले संचालन गर्दै आईरहेको साकोसहरुको पूर्ण तथा व्यवसायिक विकास कार्यक्रम ( प्रोवेशन) को रुपमा यसलाई लिने गरेको पाईन्छ ।
सो प्रोवेशन कार्यक्रमा आबद्धता भएको सम्झौता पत्रको हस्ताक्षरमा सोहि संस्थाका अध्यक्ष अग्नि प्रसाद कँडेल, उपाध्यक्ष नरेन्द्र मित्रकोटी, सचिव नवराज अधिकारी, सञ्चालक सदस्यहरु तथा संस्थाका व्यवस्थापक रोशन पौडेल सहभागी रहेका थिए भने नेफ्स्कुन को तर्फबाट नेफ्स्कन अनुगमन अधिकृत सुर्यप्रसाद तिमल्सिना र बरिष्ठ सहायक दिप्ती आचार्य सहभागी रहेका थिए ।
सो अवसरमा बोल्दै सोहि संस्थाका अध्यक्ष कँडेलले हाम्रो यो संस्था नेफ्स्कुनले संचालन गरेको जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम (कबर्स) कार्यक्रममा आबद्ध भई अगाडि बढिरहेको थियो । अहिले आएर संस्थाले प्रोवेशन कार्यक्रमको सम्झौता पत्रमा हस्ताक्षर हुन सफल भएको कुरा जानकारी गराउनुभयो ।
अन्तराष्ट्रिय सहकारी मुल्य, मान्यता र सिद्धान्तको पालना गर्दै अगाडि बढ्दै आईरहेको सो संस्थाको कास्की जिल्लाभर कार्यक्षेत्र रहेको छ ।
सस्थामा १ हजार ६ सय भन्दा बढि सदस्यहरु आबद्ध भईसेकका छन् भने संस्थाको कुल सम्पक्ति ३९ करोड भन्दा माथि रहेको छ ।
