कास्कीको मझेरी सहकारीले ग-यो कब्र्स कार्यक्रममा हस्ताक्षर

0 Shares

कास्कीको पोखरा महानगरपालिका वडा नं–१४ मझेरीपाटनमा रहेको मझेरी बचत तथा ऋण सहकारी संस्था लि नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून( ले संचालन गरेको जोखिममा आधारित साकोस सुपरिवेक्षण अन्तर्गतको ( कब्र्स ) कार्यक्रममा आबद्ध भएको छ ।
सोहि संस्थाको कार्यालयमा गरिएको औंपचारिका कार्यक्रमका बीच नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन) को तर्फबाट अनुगमन अधिकृत सुर्यप्रसाद तिमिल्सना र मझेरी बचत तथा ऋण सहकारीको तर्फबाट सोहि संस्थाका अध्यक्ष रामचन्द्र कुँबरले उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।
अन्तराष्ट्रिय सहकारी मुल्य मान्यता र सिद्धान्तको पालना गर्दै अगाडि बढ्दै आईरहेको सो संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरुलाई पनि निरन्तरता दिँदै आईरहेको छ ।
संस्थाको हाल २८ करोड ११ लाख कुलपूँजी रहेको छ भने संस्थामा १ हजार ३ सय २७ जना सेयर सदस्यहरु आबद्ध भईसकेका छन् ।

Leave a Reply