पोखराको धर्मस्थली सहकारीको ३ दिने कार्यशाला गोष्ठी सम्पन्न

0 Shares

कास्कीको पोखरा महागरपालिका ्–५ मा रहेको धर्मस्थली बचत तथा ऋण सहकारी संस्था लि. ले यहि साउन ६ देखि ८ गतेसम्म संचालित रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ ( नेफ्स्कुन) को प्राविधिक सहयोगमा उक्त कार्यक्रम आयोजना गरेको थियो ।
सो कार्यक्रममा संस्थाका संचालक समिति, विभिन्न उप– समितिका सदस्यहरु लगायत कर्मचारीहरुको उल्लेख्य रुपमा उपस्थिति रहेको थियो ।
त्यसैगरी सोहि संस्थाका अध्यक्ष नारायण प्रसाद गौतमले सो कार्यशाला गोष्ठीको औपचारिक रुपमा उद्घाटन गर्नुभएको हो । सो ३ दिन सम्म चलेको कार्यशाला गोष्ठीको सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत सूर्य प्रसाद तिमल्सिना तालिम अधिकृत सुमनराज घिमिरेले गर्नुभएको हो ।
सो कार्यक्रमको स्वागत सोहि संस्थाका प्रबन्धक कृष्ण प्रसाल पराजुलीले गर्नुभएको हो ।
सहकारी मुल्य, मान्यता र सिद्धान्तको पालना गर्दै अघि बढिरहेको सो संस्थाले आफ्ना सदस्यहरुको आय स्तरमा उल्लेखनीय योगदान पुयाउँदै आईरहेको छ ।

Leave a Reply