हाम्रो देशमा किसान र कृषि को अवस्था –सरोज कुमार यादव

0 Shares

–सरोज कुमार यादव
संस्था प्रबन्धक
महिला साना किसान कृषि सहकारी संस्था लि.लक्ष्मीनियाँ , धनुषा

हामीले परापुर्व कालदेखी पर्दै आईरहेका छौँ नेपाल कृषि प्रधान देश हो । जुन भनाई अहिलेपनि छ । कृषि र कृषक हुने तर किसानले समयमा मलखाध नपाउने र गुण्स्तरीय बिउबिजन नपाउने । नेपालको कृष व्यवसाय र किसानहरुको जिवनस्तर सुधारमा भने अझै सोजेजस्तो फडको मार्न सकिएको छैन । अहिले पनि सरकारी तथ्याङ्गमा ६६ प्रतिसत नेपालिहरु कृषि पेशामा रहेको देखिएपनि अनौपचारिक रुपमा कृषिमा आवद्घ हुने किसानहरुको संख्याँ करिव ८० प्रतिसत रहेको देखिन्छ । कृषि र कृषि जन्य उत्पादनमा पछिल्लो समय युवाको सहभागिता र संग्लनता बढदो रहेको छ । बैदेशिक रोजगारबाट फर्कीएका हुन वा गाँउमा घरमै केही गरौं भन्ने सोचका साथ अगाडी बढेका युवाहरु अहिले सहकारीताको माध्यायमबाट कृषिमा लागेका छन् । उनीहरुको सामुहीकताको प्रयासबाट पहिले भन्दा उत्पादन र उत्पादकत्वमा पनि बढोत्तरी आएको देखिन्छ ।

हाम्रो देशैभरिको किसाहरुको मुख्य समस्याँ ः
अहिलेको देशको अवस्था हेर्दा सरकारको नीति तथा कार्यक्रममा पनि कृषि उत्पादनमा दोब्बर वृद्घि गर्ने घोषणा गरी यसै अनुसारका कार्यक्रम सञ्चालनका लागि मातहातका देशै भरिका कार्यालय र कार्यक्रमहरुलाई निर्देशन गरिएको छ तर यो निति तथा कार्याक्रमहरु किताबमा मात्र सिमित रहर्नेछ । किसानहरुलाई खेतिगर्नको लागि आवशयक पर्ने मलखाध , बिउबिजन ,सिंचाई र कृषि बजारको व्यवस्था देशभरिनै अभाव छ । अहिले किसानहरुले धान रोपिसकेको छ तर मलखाधको अभावले गर्दा किसानहरु रोइरहेका छन्र र धानरोपाईको समय सिधसिकयो तर देश भरी मखलाधको हहाकार छन । सानो हुदाँ नेपाली किताबमा पढेका थिए नेपालको तराई सुनको बला (धान ) फलने अन्नको भण्डार हुन तर अहिले आएर किसानहरु कृषि पेशा त्याग गर्न मजर्बु छ । जति पनि कृषि मन्त्रीहरु सपतको बेलामा आफनो पहिलो प्राथमिता किसानहरुलाई मल दिनुहो बताउछन् ।

तराईमा सिचाईको व्यवसथा नहुदा अहिले जोहो गरेर किसानहरुले धान रोपेको भए पनि पानी नपर्दा सुखिरहेका छन । अहिले महेन्द्र राय यादव कृषि मन्त्री हुदाँ पनि तराईमा कृषिको कुनै ठोस योजनाहरु ल्याउन नसेको हाम्रो र्दुभागय हो । कृषि को अनुदानहरु पनि मन्त्रीको आसेपासेहरुले र बनाउटी किसानहरुले मात्र पाँउछन । देशभरी नै प्रभावकारी रुपामा कृषि बिमा संचालन गर्न सकेको छैन सरकारले । किसान ले गर्ने धानखेती , गहुखेती , तरकारी खेती , मकै , कोदो ,आदिको बिमा प्रभाकारी रुपमा स्थानीय सरकारको संगलनतामा संचालन हुनसकेको छैन । किसानहरु लाई कहिले बेमोसमी वर्षले त कहिले बाढीले त कहिले पानीको अभावले , प्राकृतिक प्रकोपहरुले , कहिले मिल मालिकहरुले उखु किसानहरुको भुक्तानी नगरेर तथा आदि विभिन्न कारणले किसानहरु दुख भोगिरहेका हुन्र्छन । कृषि बजारको अभावले गर्दा किसानहरुले दुध , तरकारी , फलफुल आदि कृषि उपजहरु सडकमा पोखेको समचारहरु सुन्दा सारहै मन दुखछ तर हाम्रा देशका उच्च पदीय व्यकत्तिहरुलाई कहिले पनि अस्था समाचारहरुले मन छोएको छैन । किसानको मुख्य पेशा कृषि हो घरको मुख्य आमदानीको स्रोत पनि कृषिनै हुनेभएकाले यी यस्ता समस्याहरुले मजबुर भएर किसानहरु प्रान त्यागन बाध्य हुन्र्छन ।

देशभरमा १४०० ओटा साना किसान कृषि सहकारी संस्थाहरु छन् । देशको ७५३ स्थानिय तह मध्ये ५३९ स्थानिय तहमा ७६ जिल्लामा विस्तार भएको छ । यी संस्थाहरुले देश भरीनै दुरदराजमा रहेका किसानहरुको लागि हदैसम्म उत्कृष्ट कामहरु गरेको छ । सरकारले समयमा मल उपलब्ध नगराएपनि साना किसान सहकारी संस्थाहरुले आफनो किसानहरुलाई मलको वैकलपिक उपायहरु देखाएर र बैकलपिक खलको व्यवस्था गरेको छ । सरकारले गर्न नसकेको कामहरु साना किसानहरुले गर्न थालेको छ । आफना किसानहरुको घरमा रहेको पशुहरुको बिमा किसानहरुको घरघरमा गएर गरेका छन्र । यदि यस्ता संस्थाहरुसँग समन्यवय गरेर स्थानिय सरकारहरुले कृषिको योजनाहरु अगाडी बढायो भन्ने हाम्रो किसानहरु सुखी र सम्द्घ हुन्छन । स्थानिय सरकारदुरा प्रत्येक पालिकामा कृषि उपज संकलन केन्द्र र गडयौला मल को व्यवस्था भयो भन्ने किसानहरुलाई राहत हुन्छ । कृषि पेशालाई व्यवसायिक र उतपादकत्व बनाउनको लागि कृषि उधमशिलता र युाहरुको सहभागिता जरुरी छ ।

Leave a Reply