संस्थाको १४ औं स्थापना दिवस सम्पन्न गर्नुमा सदस्य र कर्माचारीको ठुलो योगदान छ ः अमरावती महर्जन

0 Shares

काठमाडौं महानगरपालिका सितापाइलामा मुख्य कार्यालय रहेको उपासना महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औं स्थापना दिवस कार्यक्रम सम्पन्न गरिएको छ ।
त्यसैगरी संस्थाले आफ्ना सदस्यहरुका सदस्यहरु बीचमा रहेर स्थापना दिवसको शुभकामना आदनप्रदान गरी स्थापना दिवस मनाएको हो ।
सोहि अवसरमा संस्थाले आफ्नो १४औं स्थापना दिवसको अवसर पारी नागार्जुन नगरपालिका–१, रानीवनमा निक्षेप संकलन केन्द्रको उद्घाटन समेत गरेको छ ।
गएको माघ महिना देखि सञ्चालनमा आएको सो बचत संकलन केन्द्रको उद्घाटन नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका थिए ।
सो उद्घाटन कार्यक्रममा बोल्दै बरिष्ठ उपाध्यक्ष ढकालले यस उपासना महिला साकोसले आफ्ना सदस्यहरुलाई आर्थिक सामाजिक तथा सांस्कृतिक क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्दै आगामी दिनहरुमा संस्थाको थप प्रगतिको कामना समेत गर्नुभएको थियो ।
सो कार्यक्रमको अध्यक्षता सोहि संस्थाकी अध्यक्ष अमरावती बलामी महर्जनले गरेकी थिईन । सो अवसरमा बोल्दै अध्यक्ष बलामीले हाम्रो यस संस्था सदस्यहरुको साथ सहयोग र कर्मचारीको कुशल व्यवस्थापनले गर्दा नै संस्था आजका दिन सम्म प्रगतिपथमा अगाडि बढिरहेको जानकारी गराउनुभयो ।
साथै संस्थाले १४ औं स्थापना दिवस कार्यक्रम सम्पन्न गरी बचत संकलन केन्द्रको समेत उद्घाटन गरेकोमा आफुलाई खुशी महशुस भएको जानकारी गराईन् ।
सो अवसरमा संस्थाले नियम बचतकर्ता दम्पतीहरु सुवर्ण लामा र ठुलीमाया लामा , शम्भु अधिकारी र प्रमिला अधिकारी तथा सञ्जिव कोनाजु र मोनिका धिताललाई नियमित दम्पती बचतकर्ता सम्मानबाट सम्मानित गरिएको थियो ।
उक्त संस्थाको सञ्चालक समितिका उत्कृष्ट सञ्चालक सम्मानबाट सोही संस्थाको सञ्चालक समितिकी कोषाध्यक्ष तुलसा खड्कालाई सम्मान गरिएको हो ।
कार्यक्रममा सञ्चालक समिति, लेखा सुपरीवेक्षण समितिका पदाधिकारी तथा सदस्य, शेयर सदस्यहरु र कर्मचारी लगायतहरुको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो ।
शुरुमा ५ करोड शेयरपुँजीबाट संचालन गरिएको सो संस्थाको कुल कारोबार हाल आएर १५ करोड हाराहारीमा पुगिसकेको छ ।

Leave a Reply