बलम्बु च्याउ सहकारीको सेवाकेन्द्र मकवानपुरको थाहा नगरमा उद्घाटन

0 Shares

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा केन्द्रिय कार्यालय रहेको बलम्बु च्याउ सहकारी संस्था लि.को सम्बृद्ध सेवाकेन्द्र मकवानपुरको थाहा नगरपालिका–६ मा सञ्चालनमा ल्याएको छ ।

सो सेवा केन्द्रको उद्घाटन थाहा नगरपालिका प्रमुख विष्णु बहादुर विष्टले गरेका थिए ।
सो उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले काठमाडौंको बलम्बु च्याउ सहकारीले हाम्रो यस क्षेत्रमा आएर सेवाकेन्द्रको स्थापना गरेको खुशी व्यक्त गर्दै उनले अब यस क्षेत्रका बासिन्दाहरुको आय स्तरमा वित्तीय सेवा मार्फत परिवर्तन ल्याउनमा संस्थाले जोड दिने बताएका थिए । साथै संस्थाको सेवा केन्द्र उद्घाटनको अवसरमा उहाँले शुभकामना समेत राख्नुभएको हो ।
त्यसैगरी सो अवसरमा बलम्बु च्याउ सहकारी संस्था लि.का अध्यक्ष अमरदिप सिंह महर्जनले संस्थाले अहिलेसम्म गरेका आर्थिक गतिविधिहरुको बारेमा प्रष्ट पारेका थिए ।
सो अवसरमा बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा विजयी थाहा नगरपालिकाका जनप्रतिनिधिहरु तथा जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो ।
कार्यक्रममा संस्था सदस्य र कर्मचारी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उल्लेख्य मात्रमा उपस्थिति रहेको थियो ।

Leave a Reply