२२औं स्थापना दिवसको अवसरमा शाक्य पुच सहकारीको बृहत रक्तदान कार्यक्रम सम्पन्न
ललितपुर महानगरपालिका–६ कनिबहालमा रहेको शाक्य पुचः बचत तथा ऋण सहकारी संस्था लि.को २२औं संस्था स्थापना दिवस कार्यक्रम सम्पन्न गरिएको छ ।
सो अवसरमा संस्थाले यहि २०७९ असार २६ गते आईतबार दिन संस्थाको कार्यालय परिसरमा रक्तदान–जीवनदान भन्ने नाराका साथ बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो ।
उक्त कार्यक्रममा ३२ जना रक्तदाताले रक्तदान गरेका थिए ।
नेपाल रेडक्रस सोसाइटी ललितपुर महानगरपालिका –६ र १७ नं. उप–शाखाको प्राविधिक सहयोगमा गरिएको सो कार्यक्रममा रक्तदान गरेका रक्तदाताहरुलाई आयोजक शाक्य पुचः बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष ज्ञानेन्द्र शाक्यले प्रमाण–पत्र प्रदान गरेका थिए ।
सो कार्यक्रममा संस्थाका सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र उप–समितिहरुका पदाधिकारी कर्मचारीहरु, शेयर सदस्यहरु लगायतहरुको उपस्थिति रहेको थियो ।
सहकारी मुल्य, मान्यता र सिद्धान्तको पालना गरी अगाडि बढ्दै आईरहेको सो संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरुलाई विशेष प्राथमिकता दिँदै आईरहेको छ ।
संस्थामा हालसम्म शेयर सदस्य संख्या ८५०, शेयर पूँजी रु. १ करोड २४ लाख र कूल कारोवार रु.२० करोड रहेको छ भने संस्थाको कार्यक्षेत्र ललितपुर महानगरपालिका भर रहेको छ ।
