झापा- दमकको डाँफे सामुदायिक सहकारी ग-यो ३८ जना शेयर सदस्यलाई सम्मान

0 Shares

झापाको दमक नगरपालिका दमक बजारमा रहेको डाँफे सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १६औं स्थापना दिवस कार्यक्रम सम्पन्न गरेको छ ।
सो अवसरमा संस्थाले असार २० गतेका दिन संस्थाका सेयर सदस्यहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको थियो ।
त्यसैगरी संस्थामा विभिन्न विधामा उत्कृष्ट स्थान हाँसिल गरेका ३८ जना सेयर सदस्यहरुलाई सम्मान गरिएको थियो ।
स्थापना दिवसकै अवसर पारेर संस्थाले रक्तदान कार्यक्रम सहित स्वास्थ्य शिविर समेत संचालन गरेको थियो ।
नेपाल रेडक्रस सोसाईटी उप शाखा दमकको प्राबिधिक सहयोगमा गरिएको उक्त रक्तदान कार्यक्रममा ५२ पिन्ट रगत संकलन भएको बताईएको छ ।
त्यसैगरी संस्थाले स्थानिय होमताङ आयुर्वेद अस्पताल सँंगको सहकार्यमा निशुल्क स्वास्थ्य शिबिर समेत सञ्चालन गरी सेवा प्रदान गरेको हो ।
सोहि अवसर पारेर संस्थाले नेपाल रेडक्रस सोसाइटी उप–शाखा दमकको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको समेत आयोजना गरेको थियो ।
सो कार्यक्रमको उद्घाटन नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ ( नेफ्स्कुन) का अध्यक्ष परितोष पौडेलले गरेका थिए भने कार्यक्रमको अध्यक्षता सोहि संस्थाका अध्यक्ष तुलाराम न्यौपाने गर्नुभएको हो । सो उद्घाटन कार्यक्रममा बोल्दै नेफ्स्कुन का अध्यक्ष पौडेलले संस्थाले १६ औं स्थापना दिवस मनाउन सफल भएको शुभकामना मन्तव्य व्यक्त गर्दै आगामी दिनहरुमा यस संस्थाले आफ्ना सदस्यहरुको आय स्तरमा बृद्धि हुने खालका विभिन्न सीपमूलक तालिमहरुको आयोजना गरी सदस्यहरुलाई उद्यमशील बनाउनुपर्नेमा उहाँको जोड रहेको थियो ।
साथै संस्थाका अध्यक्ष न्यौपानेले सो कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै संस्थाको १६ औं स्थापना दिवसको सन्दर्भमा आफ्ना केहि महत्वपूर्ण भनाईहरु राख्दै संस्थाले सदस्यहरुमा गरेको योगदान र संस्थाको हालसम्मको आर्थिक सुंचाकहरुको विषयमा प्रष्ट पार्नु भएको थियो ।

त्यसैगरी नेफ्स्कूनका सञ्चालक सदस्य घनश्याम अधिका

Leave a Reply