विरेन्द्रनगर सहकारीको कर्मचारी वैठक २०७९ सम्पन्न, वित्तीय व्यवस्थापन बलियो बनाउनमा जोड दिने
सुर्खेतको वीरेन्द्रनगरमा रहेको बिरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लि.को कर्मचारी वैठक २०७९ (क्तबाा ःभभत द्दण्ठढ) संस्थाका सञ्चालक समिति तथा कर्मचारीहरुको सहभागितामा सम्पन्न भएको छ ।
कार्यक्रमको उदेश्य संस्थाका कार्यरत सम्पुर्ण कर्मचारीहरूसंग भेटघाट, कार्यगत समिक्षा आ.व. २०७८÷७९ को वार्षिक प्रगति प्रतिवेदनको समिक्षा तथा अगामी वर्ष २०७९÷८० को वार्षिक नीति तथा कार्यक्रम को जानकारी सहित अगामी वर्षको लक्ष्यको वाँडफाँडको रहेको थियो ।
८४ जना कर्मचारी तथा ११ जना संचालक गरि कुल ९५ जनाको सहभागिता रहको सो कार्यक्रममा होटल नमस्ते नेपाल(जियाना) मा सञ्चालन गरिएको थियो । संस्थाका अध्यक्षवाट पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको समुद्घाटन गरिएको हो । सो कार्यक्रमको सहजीकरण संस्थाका कार्यालय व्यवस्थापक यामलाल खत्रीले गर्नुभएको थियो ।
संस्थाका विभिन्न १२ वटा सेवा केन्द्र वाट उपस्थित सेवा केन्द्र प्रमुखहरूसंग मूख्य कार्यलयका विभिन्न विभागिय प्रमुख र २ जना कार्यलय व्यवस्थापक सहितको सहभगितामा संस्थामा समसामयिक चुनौती तथा अवसरका विषयमा छलफल गरिएको थियो । संचालक समितिको तर्फवाट सस्थाका अध्यक्ष लगायत उपाध्यक्ष, ऋण समिति संयोजक र अन्य सदस्यले आफ्नो भनाई राख्नु भएको थियो । अध्यक्षको तर्फवाट भनाई राख्दै संस्थाको आवधिक योजनाले निर्दिष्ट गरेका लक्ष्यहरु पुरा गर्नका लागि कर्मचारीको मनोवल उच्च हुन आवश्यक रहेको लक्ष्य प्राप्तिका चाहिने आवश्यक स्रोत साधनसँगै नीति, निर्णयका लागि सञ्चालक समिति कर्मचारीको साथ रहेको कुरा राख्दै पहिलो सत्रको कार्यक्रमको समापन गरिएको थियो ।
कार्यक्रममा संस्थाका प्रमूख कार्यकारी अधिकृत छत्र बहादुर थापाको तर्फवाट हाल संस्थामा रहेका विद्यमान चुनौतिहरू, सहकारी ऐन, नीति र विभागवाट जारी भएको ३५ बुदे निर्देशन लाई पूर्ण रुपले पालना गर्नुपर्ने कुरामा पनि जोड दिनुभएको थियो । १२ वटा सेवा केन्द्र प्रमुखहरुले सम्बन्धित सेवा केन्द्रको प्रगति प्रतिवेदन तथा विद्यमान चुनौतीहरुको प्रस्तुतिकरण र छलफल गरिएको थियो । त्यसैगरि, गत आर्थिक वर्षको लक्ष्यअनुसार संस्थाको समग्र प्रगति प्रतिवेदन तथा संस्थाको आगामी वर्षको लक्ष्यको बाँडफाँड र आन्तरिक लेखा परिक्षणका क्रममा देखिएका कमी कमजोरीहरुलाई सच्याउनुपर्ने विषयमा छलफल भएको थियो । कार्यक्रमको अन्तमा, कर्मचारीलाई नियूक्ति पत्र प्रदान गर्दै समापन गरिएको थियो ।

