मार्गदर्शन सहकारीको संस्थागत विकास तालिमले सदस्यरुको ज्ञान विकास र पुँजी बृद्धि हुने

0 Shares

चितवनको भरतपुर महानगरपालिका १६ फुर्तिचोकमा मुख्य कार्यालय रहेको मार्गदर्शन बचत तथा ऋण सहकारी संस्था लि. को संस्थागत विकास तालिम सम्पन्न गरिएको छ । सो तालिम संस्थाले कास्कीको पोखरामा सम्पन्न गरेको हो ।
उक्त कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष कमलबहादुर थापाले गर्नुभएको हो ।
सो तालिममा संस्थाका सञ्चालक समितिका पदाधिकारी, विभिन्न समिति उप समितिका सदस्यहरु कर्मचारी लागयतहरुको उत्साहजनक सहभागिता रहेको थियो ।
त्यसैगरी संस्थाका सचिव गनबहादुर श्रेष्ठले कार्यक्रम संचालन गरेको सो तालिममा नेफ्स्कुनका वरिष्ठ अधिकृत भरतप्रसाद न्यौपाने र नफ्स्कुन कै अनुगमन अधिकृत सुर्यप्रसाद तिमल्सिना तालिममा सहजीकरण पु¥याउनु भएको हो ।
सो तालिममा संस्थाका उपाध्यक्ष डोलबहादुर गुरुङ कोषाध्यक्ष गीता न्यौपानेले सो कार्यक्रममा आफ– आफ्नो धारण व्यक्त गर्दै तालिमबाट सिकिएको ज्ञानले गर्दा भोलिका दिनमा संस्थागत पुँजी बलियो हुन संस्थालाई सिस्टमा चलाउन सकिने कुराको जानकारी गराउनु भएको थियो ।
उक्त संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपक गौतमले संस्थाले लिएको तालिमलाई अब छिटो भन्दा छिटो व्यवहारमा उतार्नु पर्नेमा जोड दिनुभयो ।
सहकारी मुल्य, मान्यता र सिद्धान्तको पालना गरी सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न कार्यक्रमहरुलाई विशेष प्राथमिकता दिँदै आईरहेको सो संस्थामा ६ हजार भन्दा बढि सदस्यहरु आबद्ध भईसकेका छन् भने संस्थाको कुल कारोबार ५३ करोडको हाराहारीमा पुग्न लागिसकेको छ ।

Leave a Reply