मधेश प्रदेशका बचत ऋण सहकारीहरुले एकताबद्ध रुपमा नेतृत्व विकासमा जोड पु-याउने
नेफ्स्कून फिल्ड कार्यालय सर्लाहीको आयोजनामा सञ्चालित दुई दिवसीय नविनतम नेतृत्व विकास तालिमको आयोजना गरी कार्यक्रम सम्पन्न गरिएको छ । विशेष गरी मधेश प्रदेशका बचत तथा ऋण सहकारी संस्थाको नेतृत्व तहमा रहेकाहरुलाई नविनतम नेतृत्व विकास तालिम प्रदान गरिएको बताईएको छ ।
सो तालिममा सर्लाही, महोत्तरी र रौतहटका बचत तथा ऋण सहकारी संस्थाका ३३ जना सञ्चालकहरुको सहभागिता रहेको हो ।
सगुन बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा यहि श्रावण १५ र १६ गते आयोजित तालिमको अध्यक्षता नेफ्स्कून सर्लाही फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य विभु कुमार पोखरेलले गर्नुभएको हो । कार्यक्रमको प्रमुख आतिथ्यता सर्लाही जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष बाबुराम घिमिरेले गर्नुभएको थियो ।
सो कार्यक्रमम सगुन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष केशव ढकाल, सर्लाही जिल्ला बचत संघकी कोषाध्यक्ष मन्दिरा आचार्य लगायत रहनु भएको थियो ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि समेत रहेका घिमिरेले सबै सहकारीकर्महरुले कुनैपनि तालिमबाट केहि नयाँ कुरा सिकी संस्था संचालनमा जोड दिनुपर्ने बताएका थिए । साथै सहकारीकर्मीहरुले सहकारीको माध्यमबाट सिंगो समाजलाई नै नयाँ युगमा परिवर्तन गराउने भूमिका निर्वाह गरी कार्य गर्नुपर्ने सुझाव दिएका थिए ।
त्यसैगरी सगुन सहकारीका अध्यक्ष ढकालले नेफ्स्कुन द्धारा संचालित गरिएको यस गुणस्तरीय तालिमले सहकारी अभियानलाई थप टेवा पुग्ने बताउनु भयो ।
सो सभाको अध्यक्षता गरिरहनु भएका सभाध्यक्ष विभु कुमार पोखरेलले तालिमवाट सिकेका कुराहरुलाई सहकारीकर्मीहरुले व्यवहारमा उतार्नमा जोड दिनुपर्ने जानकारी गराउनु भयो ।
कार्यक्रम संचालन नेफ्स्कुन फिल्ड कार्यालयका इन्चार्ज महेश बरालले गर्नु भएको थियो भने तालिमको सहजीकरढा नेफ्स्कुनका कार्यक्रम अधिकृत विदुर खड्काले गर्नुभएहो हो ।