सप्तरीको उत्कृष्ट संस्था आईडियल सहकारी २४ बर्षमा प्रवेश, सदस्यहरुलाई निरन्तर अब्बल सेवा

0 Shares

सप्तरीको राजविराजमा मुख्य कारोबार गर्दै आईरहेको देशकै नमुना सहकारीको रुपमा स्थापित आईडियल सहकारी संस्था लि.को २४ औ स्थापना दिवस मिति २०७९ साल श्रावण १९ गते बिहिवार का दिन एक समारोहका बीच सम्पन्न गरिएको छ । सो कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष गणेश कुमार आशले गर्नुभएको थिया
२०५६ साल श्रावण १९ गते डिभिजन कार्यालय सप्तरीमा दर्ता भई विधिवत रुपमा कारोबार गर्दै आईरहेको यो संस्था अहिले आएर प्रगतीपथमा अगाडि बढिरहेको छ ।
आफ्नै भवनबाट वितिय कारोबार गर्दै आईरहेको संस्थाले निरन्तर रुपमा सदस्यहरुलाई उत्कृष्ट कारोबारको सेवा प्रदान गरी उनिहरुको मन जित्न सफल भएको छ ।
साथै यो संस्थालाई मधेस प्रदेशकै उत्कृष्ट सहकारी संस्थाको रुपमा राष्ट्रिय सहकारी बैंकले पुरस्कृत समेत गरिसकेको छ ।
त्यसैगरी संस्थाको आफ्नै एप्स, क्यु आर कोड, मोबाइल बैन्किङ, एस एम एस, ए.टि.एम लगाएत विभिन्न रेमिट्यान्स लगायतका थव सेवाहरु रहेका छन्् ।
सप्तरी जिल्लाभर कार्यक्षेत्र रहेको सो संस्थाका सेयर पुजी १० करोड ३३ लाख ७५ हजार १ सय रुपैया, ऋण लगानी ९३ करोड ७ लाख ६३ हजार रुपैया, बचत संकलन– ९५ करोड ३५ लाख १७ हजार ४२ रुपैया, कुल कारोबार– १ अर्ब २५ करोड रुपैया, रहेको छ । संस्थाका २ वटा सेवाकेन्द्रहरु संचालनमा रहेका छन् । संस्थामा हाल २१ जना कर्मचारीहरु कार्यरत रहेका छन् । संस्थाको असार मसान्त सम्म १९ हजार १ सय ९१ सदस्य आबद्ध रहेका छन् ।
आगामी दिनमा संस्थाले सदस्य सेवाकेन्द्ररु विस्तार गरी आफ्ना सदस्यहरुलाई थप उत्कृष्ट सेवा प्रदान गर्ने संस्थाको योजना समेत रहेको संस्थाका संस्थाका ब्यवस्थापक विनोद कुमार साफीको भनाई छ ।
सहकारी मुल्य मान्यता र सिद्धान्तको पालना गरी सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरुलाई विशेष प्राथमिकता दिदै आईरहेको सो संस्था नेफ्स्कूनको प्रोवेशन ब्राण्डमा समेत आबद्ध भईसकेको छ ।

 

Leave a Reply