सगुन सहकारीको २३ औं स्थापना दिवसमा संस्थापक सदस्यहरु र पूर्व संचालक गरी ५० जना सम्मानित

0 Shares

२०५७ साल श्रावण १९ गते डिभिजन सहकारी कार्यालय सर्लाहीमा बिधिवत रुपमा दर्ता भई कारोबार संचालन गर्दै आईरहेको सगुन बचत तथा ऋण सहकारी संस्था लि. को २३ औं स्थापना दिबस संस्थाका संस्थापक सदस्यहरुलाई सम्मान गर्दै भव्य रुपमा सम्पन्न गरिएको छ । संस्थाको अध्यक्ष केशव प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि मधेस प्रदेश भुमि ब्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री माननीय श्री योगेन्द्र यादव , विशिष्ट अतिथि हरिवन न.पा.को मेयर श्री रमेश बुढाथोकी , विशिष्ट अतिथि जिल्ला बचत संघ सर्लाहीको अध्यक्ष तथा सगुन साकोसको संस्थापक अध्यक्ष बाबुराम घिमिरे अतिथिहरुमा नेफस्कुन फिल्ड कार्यालय प्रमुख महेश बराल, राष्ट्रिय सहकारी र्बैक लि हरिवन शाखाको प्रमुख नारायण लामीछाने लगायतका रहनुभएको थियो ।
संस्थाकी उपाध्यक्ष तारादेवि पोखरेलले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रममा संस्थाका कोषाध्यक्ष बिनोद कार्कीले संस्थाको हाल सम्मको आर्थिक अवस्था, भावि ४ बर्षको रणनीतिक दिशा तथा समग्र सहकारीको योगदानको बारेमा चर्चा गर्नुभएको हो । संस्थाका सचिव राजकुमार उप्रेतीले कार्यक्रम संचालन गर्नूभएको थियो ।
त्यसैगरी संस्था स्थापना गर्न अतुलनीय योगदान गर्नुहुने ३६ जना संस्थापक सदस्यहरु तथा संस्थालाई आजको अवस्थासम्म ल्याउन योगदान गर्नुहुने १४ पुर्व संचालकहरु गरि ५० जनालाई सम्मान गरिएको हो ।
कार्यक्रममा हरिवन न.पाका मेयर तथा सगुन साकोसका पुर्व सचिव रमेश बुढाथोकीले यस न.पालाई सहकारी हव बनाउन सवैखाले सहयोग गर्ने र उपभोक्ता सहकारी गठन गर्न आर्थिक सहयोग गर्ने समेत बाचा समेत गर्नुभयो ।
त्यसैगरी संस्थाका संस्थापक अध्यक्ष बाबुराम घिमिरेले संस्था स्थापना काल देखि हालसम्म भए गरेका आरोह अवरोह बारेमा बोल्नुभएको थियो ।
सो अवसरमा प्रमुख अतिथि समेत रहेका राज्य मन्त्री यादवले सहकारी ऐन प्रदेश संसदले पास गरि प्रमाणिकरणको लागी प्रदेश प्रमुखकोमा पठाएको र चाडै नै प्रमाणित हुने जिकिर गर्नु हुदै प्रदेशमै उत्कृष्ट सगुन साकोसलाई स्थापना दिवसको सफलताको शुभकामना दिनुभएको थियो ।
सहकारीको मुल्य मान्यता सिद्धान्त तथा नीति विधिमा चल्न जस्तोसुकै योगदान गर्न पछि नहट्ने जानकारी सहित २३ औ स्थापना दिवसको सुभकामना सहित अध्यक्ष ढकालले समापन गर्नुभएको कार्यक्रममा २३ औं बर्षको केक पनि काटिएको थियो ।

Leave a Reply