बारा सिमरा औराहाको घण्टीमाई सहकारीले ग-यो १० औं साधारणसभामा आईपूग्दा आकर्षण भवन उद्घाटन
बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका –४ औराहामा रहेको घण्टीमाई बचत तथा ऋण सहकारी संस्थाको १०औं वार्षिक साधारण सभा आज सम्पन्न गरिएको छ ।
सो कार्यक्रमको उद्घाटन प्रमुख अतिथि समेत रहेका नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का अध्यक्ष परितोष पौडेलले गरेका थिए । कार्यक्रमको अध्यक्षता सोहि संस्थाकी अध्यक्ष कोपिला सिम्खडाले गर्नुभएको हो ।
सोहि अवसर पारेर संस्थाले आफ्नो नव निर्मित भवनको समेत उद्घाट गरेको छ ।
सो उद्घाटन सभामा बोल्दै प्रमुख अतिथि पौडेलले यस घण्टीमाई बचत तथा ऋण सहकारी संस्थाले समुदायमा आफ्नो सदस्यहरुको वित्तीय सेवा मार्फत जीवन स्तर परिवर्तन गर्न ठूलो योगदान पुयाएको चर्चा गर्दै आगामी दिनहरुमा संस्थाको थप प्रगतिको शुभकामना दिनुभयो ।
उक्त सभामा आफ्नो संस्थाको प्रगति प्रतिवेदन पेश गर्दै संस्थाकी अध्यक्ष सिम्खडाले सदस्यहरुको साथ सहयोग कर्मचारीको कुशल व्यवस्थापन ले संस्थाले आज आएर १० औं बार्षिक साधारण सभा सम्पन्न गरेको कुरा उहाँले जानकारी गराउनुभयो ।
त्यसैगरी कार्यक्रममा मधेस प्रदेश सभा सदस्य सुन्दर बिश्वकर्मा, जीतपुर सिमरा उपमहानगर उपप्रमुख सरस्वतीदेवी चौधरी, नेफ्स्कुनका कार्यकारी अधिकृत प्रकाश पोखरेल, बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष सत्येन्द्र ठाकुर, औराह उपभोक्ता सहकारी संस्थाका अध्यक्ष पूर्णचन्द्र तिमिल्सिना, हातेमालो बचत तथा ऋण सहकारी संस्थाका सचिव दीपक भट्ट, राष्ट्रिय सहकारी बैंक सिमराका प्रमुख सुरेश लागे लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो ।
सो अवसरमा संस्थाले जेष्ठ शेयर सदस्यका रुपमा दुर्गालक्ष्मी खरेल, दुर्गाप्रसाद भट्ट, उत्कृष्ट व्यवसायी कृषक नजरा खातुन, उत्कृष्ट ऋणी युवराज पौडेल र कविता हुमागाईं, उत्कृष्ट कर्मचारीबाट बजार सहायक सरस्वती लामिछानेलाई सम्मान गरिएको हो ।
त्यसैगरी सदस्यका छोराछोरी मध्येबाट एसर्ईईमा उत्कृष्ट अंक ल्याउने नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी निकेश राम र मुस्कान थापामगरलाई संस्थाले सम्मान गरेको हो ।
सहकारी मुल्य मान्यता र सिद्धान्तको पालना गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न कार्यक्रमहरुmलाई विशेष प्राथमिकता दिँदै आईरहेको सो संस्थामा हालसम्म ५ हजार शेयर सदस्य आबद्ध भईसकेका छन् भने कुल १८ करोडको कारोबार पुगिसकेको छ ।
संस्थाका उपाध्यक्ष थानेश्वर पाध्यले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम संचालन संस्थाका सचिव भवन खड्काले गरेका थिए
