ललितपुर बचत संघमा पुनः निर्वाचित भएर आए बजगाई
ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको २८ औं साधारण सभाबाट अध्यक्षमा रामहरि बजगाई फेरी पनि निर्वाचित भएर आएका छन्
त्यसैगरी अर्का अध्यक्षका प्रत्यासी उम्मेदवार नरेन्द्र महर्जन सँग बजगाईको प्रतिस्पर्धा रहेको थियो ।
कुल २३३ मत खसेकोमा बजगाईल २२५ मत पाएका थिए भने महर्जनले १३३ मत प्राप्त गरेका थिए ।
त्यसैगरी बरिष्ठ उपाध्यक्षमा करुणारत्न बज्रचार्य, महिला उपाध्यक्षमा लक्ष्मी शाक्य, सचिवमा श्यामकृष्ण महर्जन, कोषाध्यक्षमा बसन्त माली, लेखा सुपरिवेक्षण समितिको संयोजकमा सानुकाजी महर्जन र लेखा सदस्यहरुमा कान्छा बज्रचार्य र लक्ष्मी श्रेष्ठ निर्वाचित भएका हुन् ।v
