सहकारीको बचतको सुरक्षामा गोकर्णेश्वर नगरपालिका जिम्मेवार रहनेछ ः नगर प्रमुख रिसाल

0 Shares

काठमाडौंको चावहिलमा केन्द्रिय कार्यालय रहेको शिवम वचत तथा ऋण सहकारी संस्थाको १४ औं बार्षिक साधारण सभा आज सम्पन्न गरिएको छ । सो कार्यक्रमको उद्घाटन व गोकर्णेश्वर न.पा. का नगर प्रमुख दिपक कुमार रिसालले गरेका थिए भने कार्यक्रमको अध्यक्षता सोहि संस्थाका अध्यक्ष नवराज राउतले गरेका थिए ।
सो उद्घाटन कार्यक्रामा बोल्दै प्रमुख अतिथि समेत रहेका रिसालले सहकारीमा जम्मा भएको बचत सुरक्षित बनाउने कुरामा नगरपालिका पनि उतिकै जिम्मेवार रहेको जनकारी दिए ।
साथै उनले एउटै व्यक्तिले धेरैवटा संस्थाबाट ऋण लिने र समयमा नतिर्ने प्रवृतिका कारण सहकारीमा समस्या परेको भन्दै त्यसका लागि नगरपालिकाले डिजिटल डाटा मार्फत एक व्यक्तिले धेरै संस्थाबाट ऋण लिए नलिएको जानकारी राखिने र यसले सहकारीबाट ऋण लिएर नतिर्ने अबस्थाको हुने बताए । सहकारीबाट ऋण लिएर व्यापार व्यवसाय गरे जागिरबाट भन्दा राम्रो आम्दानी गर्न सकिने भन्दै उनले नगरवासीलाई व्यवसायी बन्न आग्रह समेत गरेका थिए । ।

सभाका बोल्दै सोहि संस्थाका अध्यक्ष राउतले संस्थाका सदस्यको साथ र सहयोगले शिवम सहकारीलाई यो क्षेत्रकै नमुना संस्थ बनाउने जानकारी दिए । हाम्रो यो संस्था सदस्यमुखी भई अगाडि बढिरहेकाले सामाजिक कार्यहरुलाई पनि त्यतिकै प्राथमिकतामा राखी संचालन गरिहेको बताए ।

त्यसैगरी सो सभामा संस्थाका कोषाध्यक्ष दिपेन्द्र श्रेष्ठले आ.ब. २०७८÷०७९ को असारमसान्तसम्म् शेयर पूँजी २३ प्रतिशतले बृद्धि भई ३ करोड ५४ लाख, बचत संकलन १३ प्रतिशतले बृद्धि भई ४४ करोड १८ लाख ,ऋण लगानी ४७ करोड ४४ लाख ,जगेडा तथा अन्य कोषमा ९४ लाख ८७ हजार गरी कुल कारोवार ५७ करोड ५८ लाख पुगेको जानकारी गराए ।
सभामा लेखा समिति संयोजक सुरेश कँडेलले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

संस्थाका सचिव किरण खनालले स्वागत मन्तव्य राख्दै आर्थिक सामाजिक क्षेत्रमा काम गर्ने उदेश्यका साथ २०६५ सालमा १ लाख २० हजार पूँजीबाट संस्था सुरु गरेको स्मरण गर्दै संस्था खहालसम्म आईपुग्दा उलेख्य प्रगति गर्न सकेको जानकारी गराए ।
सो अवसरमा जेष्ठ सदस्य ,नियमित बचतकर्ता,उत्कृट माहला समुह,पुर्व कर्मचारी उत्कृट सेवा केन्द्र र उत्कृट कर्मचारीहरुलाई सम्मान गरिएको हो ।

Leave a Reply