शभप्रवा सहकारीको १३ औं बार्षिक साधारण सम्पन्न, कारोबारमा उल्लेख्य बृद्धि
काठमाडौंको चावहिल चुच्चेपाटीमा मुख्य कार्यालय रहेको शुभप्रवा सेभिङ एण्ड क्रेडिट को अपरेटिभ लि. को १३ औ बार्षिक साधारण सभा आज मिति २०७९ साल असोज ३ गते स्मार्ट प्यालेस चावहिलमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष बिदुर बस्नेतको अध्यक्षता एंव नेपाल सरकारका पुर्व सचिव तथा संस्थाका सल्लाहकार खगेन्द्र बस्न्यातको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।
सो सभामा बिशिस्ट अतिथिहरुमा रास्ट्रिय सहकारी महासंघका महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाङ,राष्ट्रिय सहकारी बैंक लि.संचालक तथा जिल्ला सहकारी संघ लि. काठमाडौंका अध्यक्ष ज्ञान बहादुर तामाङ, वरिष्ठ हास्य कलाकार मनोज गजुरेल, वरिष्ठ पत्रकार ऋषि धमला,संस्थाका सल्लाहकार ज्ञान बहादुर खड्का,नेपाल विधुत प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङ लगायतका प्रतिनिधि हरुको उल्लेख रुपमा उपस्थिति रहेको थियो
साथै कार्यक्रमको स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष चन्द्र प्रसाद खनालले गर्नुभएको थियो भने संस्थाको बार्षिक प्रतिवेदन प्रमुख कार्यकारी निर्देशक फडिन्द्र कुमार खड्काले प्रस्तुत गर्नु भएको थियो र
सो अवसरमा उक्त कार्यक्रममा प्रमुख अतिथि बस्न्यातले सदस्यहरुको साथ सहयोगले संस्था आज सम्म सफल हुन सकेकोमा संस्थाको उत्तर उत्तर प्रगतिको कामना बधाई तथा शुभकामना व्यक्त गर्नुभयो साथै बिशिस्ट अतिथि थाम्सुहाङले सहकारीमा तरलताको समस्याले गर्दा बैंकको ब्याजदर उच्च हुदा सहकारीमा प्रभाव परेको छ सहकारी अभियानलाई बलियो बनाउनु पर्दछ सहकारी ऐन नियम अनुसार काम गर्ने र जोखिम बिष्लेषण गर्ने प्रविधिको प्रयोग गर्दै जाने कुरामा जोड दिनुभयो ।
साथै सो कार्यक्रमका बिशिष्ट अतिथि तामाङले संस्थाको ब्यवस्थापकिय टिम सक्षम हुदा र सदस्यहरुको साथ सहयोगले संस्था अब्बल बनेको छ साथै सहकारीमा तरलताको समस्या हुदा हल्लाको पछि नलाग्न र संस्था प्रति बिश्वास र सहयोग गरी संस्थालाई उत्कृष्ट र सफल बनाउनेमा जोड दिनु भयो ।
सभामा उत्कृष्ट सेयर सदस्य पुस्कर भक्त खरेल,उत्कृष्ट बचतकर्ता बिन किशोर विन्जेल,उत्कृष्ट कर्मचारी बिमला घिमिरे,उत्कृष्ट मुद्वति बचतकर्ता तृप्ति सिंह,असल ऋण सदस्य ज्ञान बहादुर पोखरेल,लगायतलाई संस्थाका अध्यक्ष तथा बिशिष्ट अतिथिहरु द्वारा मायाको चिनो समेत प्रदान गरिएको थियो ।
कार्यक्रममा सोहि संस्थाका अध्यक्ष बस्नेतले १३ बर्षमा संस्था आईपुग्दा संस्थाको सेयर सदस्यहरुको साथ सहयोगले संस्था आज यो स्थानमा आईपुगेकोमा खुसी ब्यक्त गर्नुभयो साथै संस्था सहकारीको सिद्धान्त अनुरुप अगाडी बढेको छ संस्थालाई दिगो र सक्षम बनाई अगाडी बढ्ने कुरामा जोड दिनुभयो ।
संस्थाको ०७८÷०७९असार मसान्तसम्मको सेयर पुजी १९.२५ प्रतिशतले वृद्धि भई ८ करोड ८७ लाख निक्षेप संकलन १४.६३ ले वृद्धि भई ८ करोड ७४ लाख ४२ हजार ९५५ कर्जा लगानी २५.७० प्रतिशतले वृद्धि भई ७० करोड ३० लाख ६९ हजार हजार ७९४ कुल आम्दानी १९.४३ प्रतिशतले वृद्धि भई ११ करोड २६ लाख १९ हजार ८२८ कुल कारोबार २१.१५ प्रतिशतले वृद्धि भई ८६ करोड २७ लाख १० हजार ८७२ रुपैयाँ रहेको छ ।