सर्लाहीको सगनु सहकारीको २३ औं साधारणसभामा विविध कार्यक्रम सँगै वेव पेज गरियो औपचारिक उद्घाटन
सर्लाहीको हरिवन नपामा मुख्य कार्यालय रहेको सगुन बचत तथा ऋृण सहकारी सस्था लिमिटेडको २३औं साधारणसभा सम्पन्न गरिएको छ ।
सो कार्यक्रमको उद्घाटन प्रमुख अतिथि समेत रहेका सहकारी महांघका अध्यक्ष आदरणीय मिनराज कडेलले उद्घाटन गरेका थिए भने कार्यक्रमको अध्यक्षता सोहि संस्थाका अध्यक्ष केशव ढकालले गर्नुभएको थियो ।
त्यसैगरी अतिथिहरुमा निबर्तमान प्रदेश सभासद डिल्ली उप्रेती ,हरिवन नपा मेयर रमेश बुढाथोकी ,बागमती नपा मेयर भरत थापा ,बरहथवा नपा मेयर कल्पना कटुवाल ,हरिवन नपा उपमेयर हरिमाया घलान,नेफ्स्कुनका संचालक हरेराम पटेल , राष्ट्रिय सहकारी बैंक संचालक ध्रुब नारायण यादव ,जिल्ला बचत संघ सर्लाही अध्यक्ष बाबुराम घिमिरे , नेफ्स्कुनका प्रमुख कार्यकारी अधिकृत प्रकाश पोखरेल ,धनुषा जिल्ला बचत संघ का उपाध्यक्ष ,वार्ड अध्यक्ष हरु, ससस्त्र बेशका डि.एस.पी,जनपद प्रहरी इन्स्पेक्टर,विभिन्न सरकारी कार्यालयका प्रमुख हरु,हरिवन सहकारी नगर संजालका संयोजक रामु घिमिरे ,नेफ्स्कुन फिल्ड कार्यालय का प्रमुख ,रास्ट्रीय सहकारी बैंक का प्रतिनिधि ,नेपाल रेडक्रस सोसाइटी हरिवन का अध्यक्ष भरत कार्की ,सर्लाही का सम्पुर्ण पत्रकारहरु,सगुन शिक्षा सहकारीका संचालकहरु र सहकारी अभियानकर्मिहरु लगायतहरुको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो ।
मधेश प्रदेशकै उत्कृष्ट सहकारीको रुपमा पुरस्कृत हुँदै आईरहेको सो संस्थाले एक बर्षको अवधिमा ४ करोड ६९ लाख रुपैयाँ भन्दा बढी नाफा आर्जन गरेको जानकारी गराएको छ ।
संस्थाको गत आर्थिक वर्ष २०७८÷०७९ मा १ अर्ब ४७ करोड ४३ लाख ४८ हजार ३५५ रुपैयाँ ६१ पैसा कुल कारोवार गरी ४ करोड ६९ लाख ८७ हजार ८ सय २८ रुपैयाँ ७५ पैसा खुद नाफा आर्जन गरेको हो ।
सो साधारण सभाको अवसरमा संस्थाले आयोजना गरेको रक्तदान शिविरमा ७५ जनाले रक्तदान गरेकाथिए ।
उक्त अवसरमा संस्थाले नियमित बचतकर्ता, बाल बचतकर्ता, उत्कृष्ट कारोवार गर्ने शेयर सदस्य र संस्थाबाट ऋण लिएर व्यवसास गर्ने व्यवसायीलाई सम्मान समेत गरेको थियो ।
सो अवसरमा संस्थाले आफ्नो संस्थाको कारोबारहरुको जानकारीका लागि वेव साईट को औपचारिक उद्घाटन समेत गरेको थियो ।
सो कार्यक्रमको सहजीकरण संस्थाका प्रकन्धक रविन्द्र रानाले गरेका थिए ।

