कश्मिरा सहकारीको १५ औं बार्षिक साधारण सभा सम्पन्न, रक्तदान सँगै जेष्ठ नागरिकलाई गरियो सम्मान

0 Shares

काठमाडौंको बागबजारमा रहेको कश्मिरा बचत तथा ऋण सहकारी संस्था लि. को १५ औं बार्षिक साधारण सभा आज मिति २०७९ साल असोज ८ गते शनिवारका दिन होटल हार्दिक बागबजारमा सम्पन्न भएको छ
सो कार्यक्रमको उद्घाटन प्रमुख अतिथि समेत रहेका राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले गर्नुभएको हो । कार्यक्रमको अध्यक्षता सोहि संस्थाका अध्यक्ष रमेश प्रसाद पाण्डेले गरेका थिए ।
सो उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका उप्रेतीले संस्थाले सदस्यहरुको वित्तीय सेवामा पु¥यएको योगदान प्रशसां गर्दै साधारण सभाको सफलताको शुभकामना व्यक्त गर्नुभयो । साथै उहाँले सहकारीको नीति नियममा चल्ने सहकारी संस्थाहरुलाई आवश्यकता अनुसार ऋण लगानी समेत गर्ने कुरा जानकारी गराउनु भयो ।
त्यसैगरी विशिष्ट अतिथिमा पुर्व संस्कृति तथा पर्यटन मन्त्री योगेश भट्टराई, पशुपति विकास कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडा,काठमाडौं बचत तथा ऋण सहकारी संघ लि. (कास्कुन)का महासचिव सालिकराम पुडासैनी, अतिथिहरु रास्ट्रिय सहकारी बैंक लि. न्युरोड साखाका साखा प्रमुख केदार उप्रेती,मनिप्लान्ट बचत तथा ऋण सहकारी संस्था लि.का ब्यवस्थापक ओम बहादुर बस्नेत,जेस्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हेम बहादुर कार्की,ब्राइट बचत तथा ऋण सहकारी संस्थाका सचिव लक्ष्मण न्यौपाने लगायतका विभिन्न सहकारी संघ संस्थाका प्रतिनिधिहरुको उल्लेख्य रुपमा उपस्थिति रहेको थियो ।
साथै उक्त कार्यक्रम संचालन संस्थाका सचिव जयराम तिमल्सिनाले गर्नु भएको थियो
त्यसैगरी कार्यक्रमको स्वागत मन्तब्य संस्थाका ऋण उप–समिति संयोजक सुदर्शन अर्यालले गर्नुभएको हो ।
सो अवसरमा सोहि संस्थाका अध्यक्ष पाण्डेले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भनी लेखा समितिको प्रतिवेदन लेखा संयोजक डिल्लीराज धितालले प्रस्तुत गर्नुभएको हो ।
कार्यक्रममा संचालक समितिको तर्फबाट अध्यक्ष द्वारा आ.व २०७८÷०८९ को प्रतिवेदनमाथी छ्लफल गरि सो प्रतिवेदन पेश गरी सर्वसम्मत रुपमा पारित गरी ०७८÷०७९ को प्रस्तावित कार्ययोजना बाट बजेट प्रस्तुत गरियो ।
सहकारी मुल्य मान्यता र सिद्धान्तको पालना गर्दै अगाडि बढ्दै आईरहेको सो संस्थामा ४२१ जना सेयर सदस्यहरु रहेका छन भने
गएको असार मसान्तसम्म संस्थाको सेयर पुजी २ करोड ५१ लाख १३ हजार रुपैयाँँ,बचत संकलन २४ करोड ४८ लाख ८० हजार ३४७ रुपैयाँ ऋण लगानी ३६ करोड १४ लाख ९० हजार ७०१ रुपैयाँ कुल सम्पत्ती ३९ करोड ५६ लाख ५१ हजार ९११ रुपैयाँ संस्थाको खुद नाफा २१ लाख ९४ हजार २९१ रुपैयाँ रहेको संस्थाको प्रतिवेदनमा जानकारी गराईएको छ ।
सो अवसरमा जेष्ठ नागरिक सदस्य सम्मानित लक्ष्मी प्रसाद पाण्डे,बिष्णु लक्ष्मी पाण्डे लाई खादा ओढाएर सम्मान गरिएको थियो ।
संस्थाले साधारण सभाको अवसर पारेर लायन्स कल्ब अफ काठमाडौं तारकेश्वर धर्मस्थलीको आयोजना र कान्तिपुर अस्पतालको सहयोगमा रक्तदान कार्यक्रमको आयोजना रहेको थियो सो रक्तदान कार्यक्रममा ६१ जना रक्तदाताहरुले रक्तदान गरेका थिए सो कार्यक्रमको ब्यवस्थापन कश्मिरा सहकारीले गरेको हो ।

Leave a Reply