सदस्यहरुको उत्साहजनक उपस्थिति गराई सुर्खेतको पिपलबोट साकोसको २० औं वार्षिक साधारण सभा सम्पन्न

0 Shares

सुर्खेतको वीरेन्द्रनगरमा रहेको पिपलबोट बचत तथा ऋण सहकारी संस्था लि.को २०औं वार्षिक साधारणसभा शनिवार उत्साहजनक सदस्यहरुको सहभागिता गराई सभा भव्य रुपमा सम्पन्न गरिएको छ । सो कार्यक्रमको उद्घाटन प्रमुख अतिथि समेत रहेका पुर्व नागरिक उड्यन तथा सांस्कृतिक पर्यटन मन्त्री एवं निवर्तमान कर्णाली प्रदेश सभा सदस्य यामलाल कंडेलले उद्घाटन गरेका थिए । कार्यक्रमको विशेष आतिथ्यता वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकंण्ठ खनालको सहभागिता थियो ।

सो कार्यक्रमको अध्यक्षता सोहि संस्थाका अध्यक्ष बलबहादुर सार्कीले गर्नुभएको हो । सो बार्षिक साधारण सभामा आफ्नो बार्षिक प्रगति प्रतिवेदन तथा प्रस्तावित नीति तथा कार्यक्रम पेश गर्दै अध्यक्ष सार्कीले सदस्यहरुको साथ सहयोग र कर्मचारीहरुको कुशल व्यवस्थापनले गर्दा संस्थाले आज २० औं बार्षिक साधारण सभा सम्पन्न गरेकोमा खुशी व्यक्त गर्नुभयो ।कार्यक्रम संचालन संस्थाका सचिव गणेशमान खनालले गर्नुभएको थियो।
त्यसैगरी सो सभामा संस्थाका कोषाध्यक्ष खेमराज रावतले बार्षिक प्रतिवेदन तथा आगामी बर्षको बजेट, डिल्लीराम लम्सालले आन्तरिक लेखापरिक्षण प्रतिवेदन, मनिराम भण्डारीले ऋण उपसमितिको प्रगति प्रतिवेदन, मान बहादुर बसेलले शिक्षा उपसमितिको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।

.संस्थाको आर्थिक बर्ष ०७८÷०७९ मा निक्षेप १२ करोड १५ लाख २७ हजार १ सय८६, कुल पुँजी १७ करोड ७९ लाख ६८ हजार ३ सय ९८,जगेडा कोष १ करोड ४७ लाख ३० हजार ४ सय ९९, अन्य कोष ५९ लाख ४ हजार ३ सय ४६, ऋण लगानी १३ करोड ३३ लाख ३७ हजार ५ सय १०, र संरक्षित पुँजी फिर्ता कोष ६ लाख ४८ हजार ३ सय ५१ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

आ व.०७८÷०७९ मा साकोसले रु. ३६ लाख ३९ हजार ८६८ नाफा गर्न सफल भएको छ । जुन अघिल्लो बर्षको तुलनामा करिब रु. १० लाख नाफा घटेको साकोसले जनाएको छ ।
सो साधारण सभाको अवसर पारेर संस्थाले स्वस्थ्य शिविर समेत सञ्चालन गरेको थियो उक्त शिविरबाट ४ सय भन्दा बढी सदस्यले सेवा प्रदान गरेका थिए ।

त्यसैगरी संस्थाले आगामी बर्षमा सुत्केरी राहत, मृतक राहत, समुदाय साझेदारीमा बिविध कार्यक्रमहरु, उतकृष्ठ सदस्य पुरस्कार सम्मान पिपलबोट शैक्षिक पुरस्कार लगायतका कार्यक्रमहरुलाई निरन्तरता दिने बताएको छ ।


२ हजार ६ सय १८ जना सदस्यहरु आबद्ध गराईसकेको सो संस्थाका सदस्यहरु सभामा २००० हाराहारीमा उपस्थित रहेको थिए । यो सदस्यहरुको उत्साहजन उपस्थिति पनि हो ।
सो कार्यक्रमको सहजीकरण संस्थाका व्यवस्थापक रमेश खनालले गर्नुभएको थियो ।

 

Leave a Reply