हाम्रो सुपर सहकारीको १५ बार्षिक साधारण सभा सम्पन्न, जिल्लाभर कार्य क्षेत्र विस्तार गर्ने तयारी

0 Shares

नवल परासीको बर्दघाट नपा –२ चिसापानीमा मुख्य कार्यालय रहेको हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्था लिको १५ औं बार्षिक साधारण सभा मिति २०७९ असोज ८ गतेका दिन सम्पन्न गरिएको छ ।
सो कार्यक्रमको उद्घाटन बर्दघाट नगरपालिका प्रमुख शम्भुलाल श्रेष्ठले उद्घाटन गरेका थिए । कार्यक्रमको अध्यक्षता सोहि संस्थाका अध्यक्ष खेमराज सुबेदीले गर्नुभएको हो ।
सो उद्घाटन सभामा बोल्दै प्रमुख अतिति समेत रहेका नगरप्रमुख श्रेष्ठ उक्त संस्थाको बार्षिक साधारण सभाको सफलताको शुभकामना व्यक्त गर्दै सहकारी संस्थाहरुले सदस्यहरुको सेवालाई सदैव निरन्तर रुपमा प्रदान गरी उनिहरुको जीवनस्तर उकास्ने खालका कार्यक्रमहरु गर्नुपर्ने जानकारी गराए । साथै सहकारी संस्थाले सहकारीको नीति, विधि र प्रविधि रही कारोबार लाई जोड दिनुपर्ने उनको थप भनाई थियो ।

त्यसैगरी सोहि संस्थाका अध्यक्ष सुवेदीले साधारण सभामा आफ्ना सदस्यहरुलाई मन्तन्य व्यक्त गर्दै आगामी दिनहरुमा संस्थाले जिल्ला भर कायक्षेत्र बनाई कारोबारलाई अगाढि बढाउने कुरा जानकारी गराउनुभयो ।
कार्यक्रम संस्थाका सचिव विष्णु प्रसाद बरालको संचालन गर्नुभएको हो । कार्यक्रमको स्वागत मन्तव्य संस्थाकी निवर्तमान अध्यक्ष माया पौडेल र संस्थाकी उपाध्यक्ष सावित्री दुवाडीले राख्नु भएको थियो ।
कार्यक्रमको सहजीकरण संस्थाका व्यवस्थापक बिष्णु बस्नेतले गर्नुभएको हो
सहकारी मुल्य मान्यता र सिद्धान्तको पालना गर्दै अगाडि बढ्दै आईरहेको सो संस्थाले असार मसान्त सम्म ४ हजार ८ सय ९१ जना शेयर सदस्य, २ करोड ९१ लख ७९ हजार २ सय रुपैया शेयरपुँजी, २४ करोड ६६ लाख २८ हजार ९ सय १ रुपैया बचत संकलन, २७ करोड ३१ लाख ५८ हजार ६ सय १२ रुपैया ऋण लगानी, ३२ करोड ८३ लाख २७ हजार ८ सय २५ रुपैया कुल पुँजी रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।vv

Leave a Reply