शुक्रपथ बहुउद्देश्यीय सहकारीको १२औं वार्षिक साधारणसभा सम्पन्न
काठमाडौंको न्युरोडमा रहेको शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाको १२औं वार्षिक साधारणसभा सम्पन्न गरिएको छ ।
सो कार्यक्रमको उद्घाटन प्रमुख अतिथि समेत रहेका राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.वी.उप्रतीले गरेका थिए भने कार्यक्रमको अध्यक्षता सोहि संस्थाका अध्यक्ष नरेन्द्र विष्टले गरेका हुन् ।
त्यसैगरी संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै संस्थाका अध्यक्ष विष्टले ‘आर्थिक क्रान्तिका लागि सहकारी, हटाऔं गरिबी र बेरोजगारी’ भन्ने नारालाई आत्मसात गर्दै संस्थाले सदस्यहरुको आर्थिक तथा सामाजिक उत्थानका लागि कार्य गर्दै आएको जानकारी दिएका थिए । साथै संस्थाले धेरै भन्दा धेरै सदस्यहरुलाई ऋण प्रवाह मार्फत उनिहरुलाई स्वरोजगार बनाउन सफल भएको कुरा समेत जानकारी गराए ।
संस्थाले चालु वर्षका लागि पारिश्रमिक निर्धारण, संस्था एकिकरण लेखा परीक्षक नियुक्ति तथा, विनियम संशोधन, संस्थाको लागि जग्गा तथा भवन खरिद तथा सदस्य सेवा केन्द्रहरूको विभाजन , संस्थाको नाममा रहेको अचल सम्पति विक्री वितरण, जस्ता विषयहरू पारित गरेको हो ।
संस्थाले गत आर्थिक वर्ष २०७८।७९ लाई प्रविधि विकास वर्षको रुपमा लिएको र सदस्यहरुलाई प्रविधिमैत्री सेवा प्रदान गर्ने उद्देश्यले मोबाइल बैंकिङ, बैंक ट्रन्सफर, कनेक्ट आइपीएस, फोन पे, क्यु आर पेमेन्ट जस्ता सुविधा सुरुवात गरिएको जानकारी गराईएको छ ।
संस्थाका लेखा समिति संयोजक लक्ष्मण शर्माले लेखा समितिको प्रतिवेदन र संस्थाका प्रबन्ध निर्देशक जीवनराज ओझाले आ.व. २०७८।०७९ को वार्षिक बजेट तथा नीति कार्यक्रम प्रस्तुत गरेका थिए ।
संस्थाको आ.व. २०७८÷७९ को असार मसान्तसम्म २० करोड ४५ लाख शेयरपुँजी, कोषहरुमा ४ करोड ६९ लाख, बचत संकलन १ अर्ब ९५ करोड ६८ लाख गरी कुल १ अर्ब ९३ करोड ९० लाख ऋण लगानी गरेको छ ।
त्यसैगरी संस्थाले २ करोड ५ लाख सञ्चालन मुनाफा आर्जन समेत गरेको छ ।
सहकारी मुल्य, मान्यता र सिद्धान्तको पालना गर्दै अगाडि बढ्दै आईरहेको सो संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत सदस्यहरुको जन्मदेखि मृत्यु संस्कार सम्मका कार्यक्रमहरुलाई विशेष प्राथमिकतामा राखी विभिन्न रक्तदान सरसफाई लगायतका विविध कार्यक्रमहरु संचालन गर्दै आईरहेको जानकारी गराएको छ ।

