२८ सय बाट कारोबार शुरु गरेको नयाँपाटी सहकारीको शेयरपुँजी १२ करोड माथि

0 Shares

काठमाडौंको गोकर्णेश्वर नयाँपाटीमा रहेको नयापाटी बचत तथा ऋण सहकारी संस्थाको २५ औं बार्षिक साधारण सभा सम्पन भएको छ ।
सो कार्यक्रमको उद्घाटन प्रमुख अतिथि समेत रहेका राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले गरेका थिए ।
कार्यक्रमको अध्यक्षता सोहि संस्थाका अध्यक्ष गौतम खनालले गर्नुभएको हो ।
त्यसैगरी उक्त कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष खनालले हाम्रो २८ सय शेयरपुँजीबाट शुरु गरिएको सस्थाको हाल आई पुग्दा १२ करोड माथि पुगेको जानकारी गराए ।
साथै उनले एउटा कोठा र टिनको ट्याङ्काबाट कारोबार शुरु भएको संस्थाले हालका दिनसम्म आईपुग्दा आफ्नै भवन आधुनिक र प्रविधिमैत्री वित्तीय सेवा प्रदान गरिरहेको
सदस्यहरुलाई सहज रुपमा वित्तीय सेवा उपलब्ध गराउन एटिएम मेशिन, स्मार्ट मोबाइल बैंकिङ्ग, युटिलिटी पेमेन्ट, ३६५ दिने सेवा र रेमिट्यान्स जस्ता सेवासुविधा प्रदान गर्दै आएको
उनको थप भनाई थियो ।

२८ जनाको २८ सय रुपैयाँ शेयरपुँजीबाट कारोबार शुरु गरेको संस्थाको गत आ.व. २०७८÷७९ को असार मसान्तसम्म आईपुग्दा १२ करोड ८२ लाख शेयरपुँजी, ८ करोड ७९ लाख संस्थागत पुँजी, ४९८९ जना शेयर सदस्य, संस्थाको कुल वासलात १ अर्ब १३ करोड ४८ लाख, ८० करोड १२ लाख बचत संकलन, ९१ करोड ७३ लाख ऋण लगानी रहेको उल्लेख गरिएको छ ।

त्यसैगरी कार्यक्रममा सचिव चिरञ्जीवी सिंखडाले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका हुन् ।
कोषाध्यक्ष बसन्तकुमार पण्डितले आ.व. २०७८÷७९ को आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले त्यस अवधिमा बचत संकलन तथा ऋण परिचालन गरी ३ करोड ५१ लाख कुल मुनाफा आर्जन गरेको जनाइएको छ ।
संस्थाको जोरपाटी र गागलफेदीमा सेवा केन्द्र संचालित रहेका छन् ।

Leave a Reply