श्री मनकामना सहकारीले ग-यो १ सय ४० ज्येष्ठ सदस्यलाई सम्मान

0 Shares

 

काभ्रेको बनेपामा रहेको श्री मनकामना बचत तथा ऋण सहकारी संस्था लि. को २७औं वार्षिक साधारणसभा सम्पन्न गरिएको छ ।
सो कार्यक्रमको उद्घाटन प्रमुख अतिथि समेत नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्ूस्कुन) का अध्यक्ष परितोष पौडेलले गरेका थिए ।
त्यसैगरी कार्यक्रमको अध्यक्षता सोहि संस्थाका अध्यक्ष बालकृष्ण दाहालले गर्नुभएको थियो ।

सो उद्घाटन सभामा बोल्दै अध्यक्ष पौडेलले अहिले विश्वरुपी रुपमा फैलिएको आर्थिक संकटका कारण र बैंकहरुले बजाएको ब्याजका कारण सहकारी संस्थाहरुमा पनि केहि समस्या देखिएको बताए । साथै उक्त बार्षिक साधारण सभाको सफलताको शुभकामना समेत दिए ।

सो कार्यक्रममा संस्थाका कोषाध्यक्ष विदुर प्रसाद घिमिरेले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
संस्थाको २०७८÷०७९ को असार मसान्त सम्मको शेयर पुँजी २३ करोड ५३ लाख, जगेडा कोषमा ८ करोड ६८ लाख, अन्य कोष ४ करोड ५७ लाख, बचत संकलन १ अर्ब ४९ करोड ७८ लाख, ऋण लगानी १ अर्ब ६८ करोड ६४ लाख र कुल वासलात २ अर्ब ८ करोड ४० लाख रहेको उल्लेख गरिएको छ । संस्थामा ८ हजार १ सय ६१ जना सेयर सदस्य आबद्ध भईसकेका छन् ।

सो बार्षिक साधारण सभाको अवसर पारेर संस्थाले १ सय ४० बृद्धबृद्धा सदस्यहरुलाई सम्मान गरेको हो ।
त्यसैगरी ६ जना उत्कृष्ट कारोबार गर्ने सदस्यहरु, उत्कृष्ट सेवा केन्द्र पनौती सेवा केन्द्र, उत्कृष्ट बचत संकलक सुकदेव सापकोटा, मनकामना उत्कृष्ट शैक्षिक पुरस्कार विद्यार्थी रजित दाहाल र उत्कृष्ट कर्मचारीतर्फ संस्थाका प्रमुख कार्यकारी अधिकृत राजकुमार दाहाललाई सम्मान गरिएको थियो ।

Leave a Reply