विनोद रजकको नेतृत्वमा सप्तरी जिल्लाले पनि गठन ग-यो को– अपरेटिभ म्यानेजर्स क्लब
सप्तरी जिल्लाभरमा रहेका विभिन्न प्रकृतिका सहकारी संस्थाहरुको छाता संगठन को अपरेटिभ म्यानेजर्स क्लब सप्तरी गठन गरिएको छ ।
आइडियल सहकारी संस्थाका व्यवस्थापक बिनोद कुमार साफिको अध्यक्षतामा ७ सदस्यीय तदर्थ सञ्चालक समिति गठन गरिएको हो ।
त्यसैगरी क्लबको उपाध्यक्षमा नवोदय सहकारी संस्था राजबिराजकी व्यवस्थापक नैना कुमारी यादव, सचिवमा मनकामना बहुउद्देश्यीय सहकारी संस्थाका दिपक कुमार खड्का र कोषाध्यक्षमा सहयोगी बचत तथा ऋण सहकारी संस्थाका ब्यवस्थापक बिनोद कुमार दासलाई चयन गरिएको छ ।
यसैगरी सदस्यहरूमा नेपाल सहकारीका शंकर प्रसाद साह, जनमुखी बहुउद्देश्यीय सहकारीका राजकुमार देव र जनज्योति कृषि सहकारीका मनोज कुमार यादव सर्वसम्मत चयन गरिएको हो ।
सप्तरी जिल्लाभरमा संचालित सहकारी संस्थाहरुको वित्तीय व्यवस्थापनलाई बलियो बनाउन र आवश्यक सुचना, व्यवस्थापन तालिम, सहकारी शिक्षा, गोष्ठी सम्बन्धी लगायतका कार्यहरुको लागि क्लब स्थापना गरिएको बताईएको छ ।
हिजो मिति २०७९ कात्तिक १७ गतेका दिन राष्ट्रिय सहकारी बैंक राजबिराज शाखाको समन्वयमा सप्तरी जिल्लाका सहकारी कर्मीहरू भेला भएर सहकारीका ब्यवस्थापकहरु लाई एक्यबद्ध बनाउने उद्देश्यले क्लब गठन गरिएको बताईएको छ ।
सो कार्यक्रमको सहजिकरण राष्टिय सहकारी बैंक राजबिराज शाखाका प्रमुख चन्द्रमणी भट्टराईले गरेका थिए भने संयोजकत्व फत्तेपुर बहुउद्देश्यिय सहकारी संस्थाका ब्यवस्थापक ईश्वरी प्रसाद नेपालले गर्नु भएको हो ।
