अग्रज बहुउद्देश्यीय सहकारीको १४ औं वार्षिक साधारणसभा सम्पन्न
काठमाडौंको डल्लुमा रहेको अग्रज बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारण सभा यहि २०७९ कार्तिक १९ गते शनिवार सम्पन्न गरिएको छ ।
सो कार्यक्रमको अध्यक्षता सोहि संस्थाका अध्यक्ष विनयकुमार पौडेलले गर्नुभएको थियो ।
त्यसैगरी संस्थाका उपाध्यक्ष ज्योति प्रकाश सैंजूले स्वागत मन्तव्य राख्नुभएको हो ।
सोहि कार्यक्रममा सञ्चालक समितिका सचिव गिरीधारी पौडेल, कोषाध्यक्ष विकास देवकोटा, सञ्चालक दिनेश डंगोल, सञ्चालक अम्बिका प्रधान लगायतको उपस्थिति रहेको थियो ।
त्यसैगरी संस्थाका अध्यक्ष पौडेलले आ.व.२०७८÷०७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक सुरेशप्रसाद ढुंगानाले संस्थाको वार्षिक आर्थिक कारोवार तथा प्रशासनिक गतिविधि सहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।
संस्थाको २०७८ आषाढ मसान्त सम्मको कूल १९ करोड ५७ लाख ९९ हजार ७ सय ९६ रुपैयाँ कर्जा लगानी गरेको छ भने सोही आ.व.मा कूल २८ करोड ९६ लाख ५ हजार २ सय ६९ रुपैयाँको कारोवार रहेको जानकारी गराईएको छ ।
सोहि अवसर पारेर संस्थाले २०७८ सालको एस.ई.ईमा उत्कृष्ट अंक ल्याउने सेयरधनी सदस्यहरुको १ जना छात्र र १ जना छात्रालाई सम्मान गरिएको थियो । उत्कृष्ट अंक ल्याउने छात्रतर्फ आदर्श गौतम र छात्रातर्फ रिती श्रेष्ठलाई सम्मान गरिएको थियो । संस्थाले साधारणसभाको अवसरमा २ जना जेष्ठ तथा अग्रज शेयर सदस्यहरुलाई पनि सम्मान गरेको छ । अग्रज सेयर सदस्य श्री कृष्ण बज्राचार्य, महिलातर्फ श्रीमती रमालता श्रेष्ठ सम्मानित भएका हुन् ।
संस्थाले रिक्त सञ्चालक १ पदमा सुरेशप्रसाद ढुंगाना निर्विरोध निर्वाचित हुनुभएको छ भने लेखा सुपरिवेक्षण समितिको रिक्त संयोजक पदमा सुरजकुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको हो ।
कार्यक्रम संस्थाका प्रबन्धक उत्तम थापाले सञ्चालन गर्नुभएको थियो ।

