नेपाल सहकारी संस्थाको २७ औं वार्षिक साधारण सभा सम्पन्न ।

0 Shares

 

काठमाडौंको बागबजारमा रहेको नेपाल सहकारी संस्था लिमिटेडको २७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सो कार्यक्रमको उद्घाटन प्रमुख अतिथि समेत रह्ेका डा. रवि शर्मा अर्याल (पुर्व न्यायाधीश, उच्च अदालत) तथा नेपाल सहकारी संस्था लिमिटेडका अध्यक्ष राकेश कुमार सिंह द्धारा संयुक्त रूपमा गरिएको हो ।

त्यसैगरी कार्यक्रमको संचालन संस्थाका नायव महाप्रबन्धक मिठुलाल चौधरीले गरेका थियो भने महाप्रबन्धक शोभा श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभयो । वरिष्ठ प्रशासन अधिकृत अनुपमा राणा(शाह), न्युरोड सेवाकेन्द्रका शाखा प्रमुख पुष्पा के. सि. (रायमाझी), लेखा अधिकृत आरती सिंह सहित संस्थाका कर्मचारीहरु अंकितमान सिंह, रुबि कुमारी सिंह, सुष्मा भट्टराई, सिमरन शाही, सुशान्त भट्टराई, रितिका श्रेष्ठ, भाविका जोशी, रिता रानाभाट लगायतको उपस्थिति रहेको हो ।

संस्थाको आ.व.०७८÷०७९ को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण र लेखापरिक्षण प्रतिवेदन सहित संचालक समितिको बार्षिक प्रतिवेदन संस्थाका अध्यक्ष सिंहले प्रस्तुत गरेका थिए ।

आ.व. ०७८÷७९ को अषाढ मसान्तसम्मको पुजी तथा दायित्वतर्फ कुल २६ करोड ७४ लाख ८८ हजार ६३२ रुपैयाको वित्तीय विवरण रहेको प्रतिवेदनमा उल्लेख छ । कर्जा प्रगति अवलोकन गर्दा संस्थाको श्रोततर्फ शेयर पूँजी रु. ७८ लाख ९४ हजार र निक्षेप तर्फ यस आर्थिक बर्षमा सम्म करिव रु.७ करोड ४२ लाख ९४ हजार संकलन भएकोमा ७ करोड ८२ लाख १० हजार संकलन भएकोमा ६ करोड ६५ लाख ९४ हजार लगानी भएको ब्यहोरा जानकारी प्रतिवेदनमा उल्लेख गरिएको छ ।

 

 

sanjal@SahaKAr

 

Leave a Reply