पर्साको उत्कृष्ट संस्था महालक्ष्मी सहकारीको २२औं बार्षिक साधारण सभा सम्पन्न

0 Shares

 

पर्साको विरगंजमा रहेको महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२औं वार्षिक साधारणसभा यहि मिति २०७९ पुस ८ गते बिहिबारका दिन गहवामाई मन्दिरको अतिथी सदनमा सम्पन्न भएको हो । ।
सोहि कार्यक्रमको अध्यक्षता सोहि संस्थाका अध्यक्ष ईश्वरचन्द्र गौतमले गर्नुभएको थियो ।
सो कार्यक्रममा संस्थाका उपाध्यक्ष अमर राजभणारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाको आ.व. २०७८÷०७९ को वार्षिक प्रतिवेदनमा
संस्थाको कुल आम्दानी रु.५ करोड ६९ लाख, खर्च रु. ३ करोड ०५ लाख, संचालन मुनाफा रु.२ करोड ६४ लाख रहेको उल्लेख गरिएको छ ।
संस्थाले आफ्ना सदस्यहरुलाई १८% प्रतिशत लाभांश वितरण गर्न संस्था सफल भएको समेत जानकारी गराईएको छ ।
संस्थाले सामाजिक उतरदायित्व अन्तर्गत गहवामाई मन्दिरको अतिथी सदनलाइ सौन्दर्यकरणको लागि रु ६ लाख ३९ हजार दिने समेत निर्णय गरिएको अध्यक्ष गौतमले जानकारी गराए ।

कार्यक्रममा संस्थाका सेयर सदस्य मोहन सोनार र उपेन्द्र पंडितले शुभकामना व्यक्त गरेका थिए भने धन्यवाद ज्ञापन अधिवक्ता बालमुकुन्द खरेलले गर्नु भएको हो ।

Leave a Reply