एटलस सहकारीमा नयाँ सचालक समिति चयन, सदस्यलाई १५ प्रतिशत लाभांश वितरण गर्ने

0 Shares

काठमाडौंको कुलेश्वरमा रहेको एटलस बचत तथा ऋण सहकारी संस्था लि. को १४ औं बार्षिक साधारण सभा मंसिर १० गते शनिबारका दिन सोल्टी ब्याङक्येट सोल्टीमोडमा सम्पन्न गरिएको छ ।
सो कार्यक्रमको उद्घाटन प्रमुख अतिथि समेत रहेका राष्ट्रिय सहकारी महासंघका पुर्व अध्यक्ष विजयराज घिमिरेले उद्घाटन गरेका थिए ।
कार्यक्रमको अध्यक्षता सोहि संस्थाका अध्यक्ष धुव्र रुद्र कर्माचार्यले गर्नुभएको हो ।
कार्यक्रममा सोहि संस्थाका उपाध्यक्ष अमर बहादुर श्रेष्ठ,सचिव माणिक लाल प्रधान, कोषाध्यक्ष गजाधर श्रेष्ठ,संचालक सदस्य बिमाराज भण्डारी,संचालक सदस्य सुनिता श्रेष्ठ,लगायत संस्थाका सेयर सदस्यहरुको उल्लेख्य रुपमा उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा २०७८÷०७९ को बार्षिक प्रतिवेदन संस्थाका अध्यक्ष कर्माचार्यले गर्नुभएको थियो साथै कार्यक्रममा प्रमुख अतिथि घिमिरेले संस्थाको सबै आर्थिक सुचाङ्कहरु राम्रो रहेकोले संस्थाका सदस्यहरुलाई निर्धक्क भएर कारोबार गर्न आग्रह गर्नुभयो ।
कार्यक्रमको स्वागत मन्तब्य संस्थाका संचालक सुनिता श्रेष्ठले गर्नुभएको थियो संस्थाको लेखा सुपरिवेक्षण समितिको बार्षिक प्रतिवेदन सुरेन्द्र भक्त माथेमाले गर्नुभएको हो ।
साथै संस्थामा नयाँ संचालक कार्यसमिति चयन समेत गरिएको छ ।
कार्यसमितिको अध्यक्षमा माणिकलाल प्रधान,उपाध्यक्ष हरिकृष्ण श्रेष्ठ,सचिव निरन्जन कर्माचार्य,को कोषाध्यक्ष गजाधर श्रेष्ठ,संचालक समिति सदस्यमा बिमा राज भण्डारी,सुनिता श्रेष्ठ,गौतमलाल श्रेष्ठ,रामकृष्ण ताम्राकार,वसन्त गोपाल श्रेष्ठ,लेखा सुपरिवेक्षण समितिमा सुरेन्द्र भक्त माथेमा,गीता श्रेष्ठ,नर्वदा चापागाईं,ऋण लगानी उप–समितिमा मनोज तन्डुकार,दिपकमान श्रेष्ठ,शिक्षा उप–समितिमा अन्जना तम्राकार,मिना भुजु लगायत संचालक समितिका पदाधिकारीहरु निर्विरोध रुपमा चयन हुनुभएको थियो ।
त्यसैगरी संस्थाको असार मसान्तसम्मको शेयर पुजी ४ करोड ६६ लाख ६५ हजार ३०० रुपैयाँ, निक्षेप संकलन ५४ करोड ९० लाख ७० हजार ९८४ रुपैयाँ,कुल आम्दानी ९ करोड ६४ लाख ४९ हजार ७४९ रुपैयाँ,खुद नाफा १ करोड ८३ लाख ७२ हजार २६० रुपैयाँ रहेको छ साथै सदस्य संख्या ६८९ जना सदस्य आबद्ध भईसकेका छन् ।

त्यसैगरी संस्थाका नवनिर्वाचित कार्यसमितिका संचालक सदस्यहरुलाई अध्यक्ष धुव्र रुद्र कर्माचार्य द्वारा मायाको चिनो समेत प्रदान गरिएको थियो साथै संस्थाका सेयर सदस्यहरुलाई १५ प्रतिशत लाभांश समेत वितरण गरिने घोषणा गरिएको छ ।

Leave a Reply