शुभ सन्देश सहकारीको ७ औं बार्षिक साधारण सभा सम्पन्न, कारोबारमा देखियो उल्लेख प्रगति

काठमाडौंको कुलेश्वरमा रहेको शुभ सन्देश बहुउद्देश्यीय सहकारीको ७ औं बार्षिक साधारण सभा यहि मंसिर १७ गते शनिबारका दिन सिद्धि गणेश पार्टी प्यालेस कलंकीमा सप्पन्न गरिएको छ
सो कार्यक्रमको अध्यक्षता सोहि संस्थाका अध्यक्ष कुबेर थापाले गर्नुभएको हो ।
त्यसैगरी झि पासा बचत तथा ऋण सहकारी संस्था लि. का कार्यकारी प्रमुख मदनमान राजभण्डारीले पानसमा द्विप प्रज्जवलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
त्यसैगरी कार्यक्रमको अतिथिहरुमा संस्थाका उपाध्यक्ष जगन्नाथ तिवारी,सचिव हरि प्रसाद कोईराला ,कोषाध्यक्ष बाल गोपाल श्रेष्ठ,संचालक सदस्य विकास शाही,राजेश खड्गी,यादव आचार्य,लेखा समिति संयोजक सरोज थापा लगायत विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरुको उल्लेख्य रुपमा उपस्थिति रहेको थियो ।
साथै सो कार्यक्रममा संस्थाका अध्यक्ष थापाले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका सेयर सदस्यहरुको साथ सहयोगले गर्दा संस्था आजका दिन सम्म आईपुग्दा प्रगतीपथमा अगाडि बढिरहेको जानकारी गराउनुभयो ।
सो अवसरमा उहाँले सदस्यहरुलाई बधाई तथा धन्यवाद ज्ञापन व्यक्त गर्नुभयो साथै संस्थाले आगामी दिनमा मोबाईल बैकिङ,क्यु आर कोड जस्ता प्रविधिमा अगाडी बढदै जाने सदस्यहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने सेयर पुँजी वृद्धि गर्ने सहकारीको मुल्य मान्यता र सिद्धान्तको पालना गर्ने कुरामा जोड दिनुभया ।
सो कार्यक्रम संचालन संस्थाका संचालक सदस्य सिताराम अधिकारीले गर्नुभएको थियो भने स्वागत मन्तब्य संस्थाका सचिव हरि प्रसाद कोईरालाले गर्नुभएको थियो साथै उक्त कार्यक्रममा नियमित बचतकर्ता सम्मान ओम बहादुर थापा
,सानु मल्ल ठकुरी,अनिता के.सी संजय लामा,शेख शेराज, झनक बहादुर खड्का,निरज मानन्धर तथा उत्कृष्ट कर्मचारी सम्मान सुमिना धिताललाई नगद सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।
संस्थाले सो सभामा सदस्यहरुलाई सेयर लाभांश वितरण समेत गरिएको हो ।
संस्थाको असार मसान्तसम्मको सदस्य संख्या पुरुष १०३२ महिला ५२७ गरी १५५९ सदस्यहरु रहेका छन भने सेयर पुँजी १ करोड ८५ लाख ३१ हजार ३०० रुपैयाँ जगेडा कोष ५५ लाख २९ हजार २९५ रुपैयाँ निक्षेप रकम १० करोड ४८ लाख ७० हजार १७९ रुपैयाँ कर्जा लगानी ९ करोड ३३ लाख ८४ हजार ५४९ रुपैयाँ स्थिर सम्पति ८ लाख ८१ हजार ७७१ रुपैयाँ रहेको संस्थाको बार्षिक प्रतिवेदनम उल्लेख गरिएको छ साथै उक्त कार्यक्रमको सहजीकरण संस्थाका ब्यवस्थापक मनिष कुमार झाले गर्नुभएको थियो ।