सुनौलो आयाम सहकारीको १३ औं बार्षिक साधारण सभा सम्पन्न, सदस्यहरुलाई गुणस्तरीय सेवा प्रदान

काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर १० मा रहेको सुनौलो आयाम बचत तथा ऋण सहकारी संस्थाको १३ औं बार्षिक साधारण सभा जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष तथा रास्ट्रिय सहकारी बैंकका संचालक सदस्य ज्ञान बहादुर तामाङको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष सादुराम लम्सालको अध्यक्षतामा यहि मंसिर २४ गते शनिबारका दिन शिखर पार्टी प्यालेस कलंकीमा सम्पन्न भएको छ ।
सो उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तामाङले सदस्यहरु नै संस्थाको मुख्य पात्र हुन सहकारी संस्थामा सदस्यहरुको साथ सहयोगले संस्थालाई अगाडी बढ्न मद्दत गर्दछ देशको अर्थतन्त्रको तिन खम्बा मध्ये सहकारी संस्था पनि एक रहेको चर्चा गरे ।
अहिले बजारमा चलेको हल्लाको पछि नलागी आफ्नै संस्थामा ढुक्क भएर कारोबार गर्न आग्रह गरे साथै उनले संस्थाको सुनौलो आयामको भविष्य सुनौलो होस भन्दै बार्षिक साधारण सभाको सफलताको शुभकामना व्यक्त गरे ।
त्यसैगरी सो कार्यक्रममा अतिथिहरुमा संस्थाका सल्लाहकार ठाकुर रमण आचार्य,श्री प्रसाद पाण्डे,भवानी आचार्य,संस्थापक सेयर सदस्य ऋषि प्रसाद लम्साल,धादिङ मण्डली साकोसका लेखा समिति संयोजक लेखनाथ दुवाडी,एम बैंकका कार्यकारी प्रमुख बिष्णु महर्जन,सहकारी सन्जालका कार्यकारी सम्पादक ईश्वर ढुङगेल लगायत विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरुरको उपस्थिति रहेको थियो ।
सो सभामा बोल्दै संस्थाका अध्यक्ष लम्सालले संस्थामा नियमित कारोबार गर्ने सदस्यहरुलाई गुणस्तरीय सेवा प्रदान गर्दै जाने सदस्य बिस्तार गर्ने संस्थाको डिजिटल प्रविधि फोन पे,क्यु आर कोड,मोबाइल बैंकिङ शुभारम्भ गरिएको छ सदस्यहरुलाई आफ्नै संस्थाबाट डिजिटल प्रविधिको कारोबार गर्न आग्रह गर्नुभयो ।
साथै कार्यक्रमको स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष ओम प्रसाद ढकालले गर्नु भएको थियो कार्यक्रम संचालन संस्थाका ब्यवस्थापक अमृत बराइलीले गर्नुभएको होे भने शुभकामना मन्तब्य श्री प्रसाद पाण्डे,लेखनाथ दुवाडी,संस्थाका कानुनी सल्लाहकार ठाकुर रमण आचार्यले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा सम्मानित सदस्यहरुमा असल ऋणिमा मन कुमारी मगर,गणेश ढुंगाना,असल बचतकर्ता सुनिता कोईराला,नियमित बचततर्फ जननी पण्डित लम्साल,असल बचतकर्ता कमला दुवाडी,आवधिक बचत तर्फ माया थापा मगर,सुरोज खडकी,बाल बचत तर्फ बिवेचना थापा,रोशन श्रेष्ठलाई प्रमुख अतिथि तथा संस्थाका अध्यक्ष द्वारा प्रमाणपत्र वितरण गरिएको हो ।
साथै संस्थाको असार मसान्तसम्मको सदस्य संख्या ९६० रहेको छ सेयर पुँजी ४२,१९,७०० रुपैयाँ निक्षेप संकलन ५३,४५,९९८ रुपैयाँ कर्जा लगानी २,१६,११,६३५ रुपैयाँ रहेको संस्थाको बार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।