मधेश प्रदेश मध्यकै सामाजिक कार्यमा द्रुत गतिमा सगुन सहकारी, २३ सय भन्दा बढिले गराए आँखा उपचार

सर्लाहीको हरिवन नपामा रहेको सगुन बचत तथा ऋण सहकारी संस्था लि. को ब्यवस्थापनमा सामाजिक उत्तरदायित्व बहन गर्दै निःशुल्क मोतियाविन्दुको अप्रेशन सहितको आँखा शिविर सम्पन्न भएका ेछ ।
मिति २०७९ साल मंसिर २३ गते सगुन साकोसका सचिव राजकुमार उप्रेतीको उपस्थितिमा गोडैता नगरपालिकाको प्रमुख देबेन्द्र कुमार यादबले उद्घाटन गर्दै पौष १ गते सम्म संचालन भएको उक्त सिविरमा सर्लाही जिल्लाको हरिवन, लालबन्दी, बागमति, हरिपुर, बरहथवा र गोडैता नगरपालिकामा आँखा जाँच गरि गोडैता नगरपालिकाको बेणी भोला नमुना मा.वि. र हरिवन सुखेपोखरी स्थित चतुरभुजेश्वर महादेव मन्दिर(बाल पोषण) आँखाको अप्रेशन गरिएको हो ।
७ दिने शिविर आँखाको अप्रेशन अधिक भएको कारण १ दिन थप गरि सम्पन्न भएको हो । उक्त शिविरमा जम्मा २३८३ जनाले आँखाको जाँच गरेको थियो भने गोडैतामा २३९ र हरिवनमा २६३ गरि ५०२ जनाको मोतियाविन्दु अप्रेशन गरि औषधि र चस्मा निःशुल्क उपलब्ध गराईएको थियो । डार्क फाउन्डेसन, पार्टनर फर ईक्यिुटि को आर्थिक सहयोगमा नेपाल नेत्रज्योति संघ भरतपुर आँखा अस्पताल, सगुन बचत तथा ऋण सहकारी संस्था लि हरिवन ११, गोडैता नगरपालिका, चतुरभुजेश्वर शिवमन्दिर ब्यवस्थापन समितिको संयुक्त आयोजना उक्त शिविर संचालन भएकोहो । शिविरको अन्तमा एक अनैपचारिक कार्यक्रम गरि संस्थाका अध्यक्ष केशव प्रसाद ढकालले सहयोग र सहकार्य गर्दै आम नागरिकको सेवामा सगुन र भरतपुर आँखा अस्पतालको सेवालाई सर्लाही बासीले सम्झिरहने बताउदै स्वास्थ्य कर्मीलाई मायाको चिनो सहित विदाई गर्नुभएको थियो ।