जनसंरक्षण सहकारीको ११ औं बार्षिक साधारण सभा सम्पन्न,सदस्यहरुको सेवामा संस्था निरन्तर अगाडि

पर्साको बिरगंज महानगरपालिका वडा नम्बर १६ नगवा बिरगंजमा रहेको जनसंरक्षण बचत तथा ऋण सहकारी संस्थाको ११ औं बार्षिक साधारण सभा तथा ११ औं स्थापना दिवस पुष ३ गते आइतबारका दिन होटल कन्टिनेन्टल माईस्थान बिरगंजमा भब्य रुपमा सम्पन्न भएको छ ।
सो कार्यक्रमको उद्घाटन प्रमुख अतिथि समेत रहेका नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन) का संचालक सदस्य हरेराम पटेलले गर्नुभएको हो ।
सो कार्यक्रमको अध्यक्षता सोहि संस्थाकी अध्यक्ष अमृता कुमारी चौरसियाले गरेकी थिईन ।
त्यसैगरी कार्यक्रमको बिशिष्ट अतिथिहरुमा को अपरेटिभ म्यानेजर्स क्लब पर्साका संस्थापक अध्यक्ष तथा जिल्ला बचत तथा ऋण सहकारी संघ पर्साका महासचिव जिष्णु बराल,को अपरेटिभ म्यानेजर्स क्लब पर्साका अध्यक्ष तथा श्रीनिधि बचत तथा ऋण सहकारी संस्थाका ब्यवस्थापक चन्देश्वर प्रसाद चौरसिया,रास्ट्रिय सहकारी बैंक बिरगंज शाखाका शाखा प्रमुख संजय कुमार महत्तो ,गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका ब्यवस्थापक रविभुषण श्रीवास्तब,नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ नेफ्स्कुन बिरगंज शाखाका शाखा प्रमुख बृजेश गुप्ता, लगायत विभिन्न सहकारी संघ संस्थाका प्रतिनिधिहरुको उल्लेख्य रुपमा उपस्तिथि रहेको थियो ।
सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि पटेलले छोटो समयमा संस्थाले गरेको उल्लेख्य प्रगतिको प्रशंसा गर्दै तरलताको समयमा पनि सदस्यहरुलाई सहजीकरण गरी गुणस्तरीय सेवा प्रदान गरी रहेकोले संस्थाको थप प्रगतिको शुभकामना व्यक्त गर्नुभयो ।
सो अवसरमा संस्थाका उत्कृष्ट सदस्य सम्मान शिवनाथ शाह रौनियार,पम्मी कुमारी,हिरालाल शाह,अभिनन्दन प्रसाद शाह त्यसैगरी उत्कृष्ट कर्मचारी सम्मान रन्जित वर्णलाल,नवल प्रसाद यादवलाई मायाको चिनो सहित प्रमाण द्वारा सम्मान गरिएको हो ।
सो कार्यक्रमको संचालन उज्जवल शर्माले गरेका थिए साथै संस्थाको २०७८-०७९ को बार्षिक प्रतिवेदन संस्थाकी अध्यक्ष चौरासियाले गरेकी थिईन ।
साथै संस्थाको असार मसान्तसम्मको सदस्य संख्या ९०० रहेको छ सेयर पुँजी ४,२१२५०० जगेडा कोष ४१८,७५७२१ निक्षेप संकलन ४२,१२०,२०१२० कुल कारोबार ६४,०३९,१८९ रहेको संस्थाको बार्षिक प्रतिवेदनमा प्रस्तुत गरिएको छ ।
सदस्यहरुको आवश्यकतालाई मध्यनजर गरी संस्थाले मोबाइल बैकिङ,एटिएम,क्यु आर कोड,एस एम एस,फोन पे तथा विभिन्न रेमिट्यान्सका प्रविधिहरुको सेवालाई निरन्तरता दिदै आईरहेको छ ।
सो कार्यक्रमको सहजीकरण तथा कार्यक्रम समापन संस्थाका ब्यवस्थापक नरेश कुमार चौरसियाले गर्नु भएको थियो
\