मधेश प्रदेशमै उत्कृष्ट सम्मान पाउने संकल्प सहकारीले ग-यो १५ औं स्थापना दिवस सम्पन्न

0 Shares

रौतहटको चन्द्रानिगाहपुर बजारमा रहेको संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औ स्थापना दिबस कार्यक्रम सम्पन्न गरिएको छ ।

सो कार्यक्रमको उद्घाटन प्रमुख अतिथि समेत रहेका रौतहट क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य देब प्रसाद तिमल्सिनाले केक काटेर गरेका थिए ।
सो अबसरमा बोल्दै उनले आफु पनि सहकारी प्रेमी रहेको बताउदै सहकारी संस्थालाई बलियो बनाउदै शेयर सदस्यको जीबनस्तर उकास्न मदत पुग्ने जानकारी गराएका थिए ।
त्यसैगरी सोही कार्यक्रममा मधेश प्रदेशसभा सदस्य युबराज भट्टराईले सहकारीमा शुसासन, पारदर्शीता र सदस्यमुखी कार्यक्रम गर्नुपर्ने बताए ।
सो कार्यक्रममा चन्द्रपुर नगरपालिका सहकारी शाखाका प्रमुख नसरे आलम, राष्ट्रिय सहकारी बैकका प्रबन्धक रुपा लामिछाने, गुञ्जन एफएमका स्टेशन म्यानेजर संजय कार्कीले सकंल्प साकोस १५ औ बर्षमा आईपुग्दा उत्कृष्टता हासिल गरेको भन्दै प्रशंसा समेत गरेका थिए ।

सो अवसर पारेर प्रतिनिधि सभामा निर्बाचित देब प्रसाद तिमल्सिना र प्रदेश सभामा निर्बाचित युबराज भट्टराईलाई समेत सम्मान गरेको छ ।
आफ्नो स्थापना दिबसको सन्दर्भमा संस्थाका जेष्ठ शेयर सदस्य नागरिकलाई सम्मान समेत गरेको गरिएको छ ।

सो कार्यक्रमको संचालन चिरन्जिबी गौतमले गरेका थिए भने स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष कृष्णचन्द्र पोखरेले गरे । संस्थाका अध्यक्ष बिभु पोखरेलको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा संस्थाको स्थापना देखि बर्तमान अवस्थाको जानकारी एबम् संस्थाले गर्दै आएका लोकप्रिय कार्यक्रमहरूको बारेमा अध्यक्ष पोख्रेलले विस्तारमा जानकारी गराएका थिए। सो संस्था नेफ्स्कुनले मधेश प्रदेशमा नै उत्कृष्ट सहकारी संस्था घोषित गरी पुरस्कृत समेत गरिएको छ । 

Leave a Reply