संगिनी महिला सहकारी द्धारा रजनोवृती मेनोपोज तथा सरुवारोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

0 Shares

सँगिनी महिला बचत तथा ऋण सहकारी संस्था लि.को रजनिवृती मेनोपोज तथा सरुवारोग सम्बन्धि विशेषज्ञहरुद्वारा सचेतना कार्यक्रम २०७९ पुष २२ गते शुक्रबार दिन भब्य रुपमा सम्पन्न भएको छ ।
सो कार्यक्रमको आयोजना सँगिनी महिला साकोस र सँगिनी अप्टिमिस्ट क्लब मध्यपुर थिमी गठ्ठाघर प्रायोजक सारदा सापकोटा चापागाईंको सहकार्य भएको थियो ।
साथै कार्यक्रमको सभापतित्व संगिनी बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष राधा बोहोराले गर्नु भएको थियो ।
कार्यक्रमको प्रमुख अतिथीमा सुक्रराज ट्रपिकल तथा सरुवा रोग विशेषज्ञ डा.शेर बहादुर पुन तथा त्रि.वि.शिक्षण अस्पतालकी विशेषज्ञ डा.सुनिता पुन द्वारा सयुक्त रुपमा पानसमा दिप प्रज्जवल्न गरी कार्यक्रमको उद्घाटन गरिएको हो ।
कार्यक्रमको स्वागत मन्तब्य पार्वती अधिकारीले गर्नुभएको थियो अतिथिहरुमा अप्टिमिस्ट क्लबका अध्यक्ष तथा गभर्नर पृथ्वीराज थापा, खेम प्रसाद सुवेदी,अन्जना आचार्य, सहकारी सञ्जालका कार्यकारी सम्पादक ईश्वर ढुङ्गेल लगायत महिला सदस्यहरुको उल्लेख रुपमा उपस्तिथि रहेको थियो साथै कार्यक्रममा संस्थाकी अध्यक्ष बोहोराले आर्थिक सामाजिक र आध्यात्मिक विकास सरुवा रोग तथा मेनोपोज महिनावारीका समयमा पुरुषको मुख्य भुमिका रहनु पर्छ महिनावारी तथा मेनोपोजको विषयमा जानकारी गराई यस्ता कार्यक्रमलाई देशभरी अभियान चलाउनु पर्ने सार्थक जिवनलाई सार्थक बनाउनु पर्ने कुरामा जोड दिनुभयो ।
त्यसैगरी संस्थाले जनचेतना मुलक कार्यक्रम सरसफाई सहकारी शिक्षा तालिम बुटिक तालीम स्वास्थ्य शिविरका कार्यक्रम तथा सामाजिक कार्यक्रमहरु सदस्यहरुलाई के.एम.सी हस्पिटलमा उपचार गर्दा १५ प्रतिशत छुटको ब्यवस्था गरिने जानकारी गराईएको छ ।
कार्यक्रममा प्रमुख अतिथि डा.शेर बहादुर पुनले कोरोनाको समयमा अग्र स्थानमा रहेर जोखिमका साथ जनताहरुको सेवामा निरन्तर लागि रहेको सरुवा रोगको विषयमा सचेत हुनुपर्ने कुरालाई जोड दिनुभयो साथै कार्यक्रममा प्रमुख अतिथि डा.सुनिता पुनले मेनोपोज महिनावारी सुक्नु एक वर्ष सम्म महिनावारी नहुनु उमेर अनुसार खानपिन नमिल्दा अन्डासय र पाठेघरले काम नगर्ने हर्मोनको कमि हुन सक्छ शरीरलाई तन्दुरुस्त बनाउन ब्यायाम गर्ने चिल्लो पिरो खानेकुराहरु नखाने तथा शरीरको छालामा कालो हुने चिलाउने महिलाको प्रजननले सुक्खा हुने र दिमागमा असर पर्ने कुराको बिषयमा जानकारी गराउनुभयो ।

Leave a Reply