सप्तरीको आईडियल सहकारीको २३ औं बार्षिक साधारण सभा सम्पन्न, सदस्यलाई १८ प्रतिशत लाभान्स घोषणा

0 Shares

सप्तरीको राजविराजमा आफ्नै सुविधा सम्पन्न भवनबाट सदस्यहरुलाई वित्तीय कारोबार गर्दै आईरहेको आईडियल सहकारी संस्थाको २३ औ बार्षिक साधारण सभा सम्पन्न गरिएको छ । साथै संस्थाले आफ्ना सदस्यहरुलाई १८ प्रतिशत लाभान्स बोनस बितरणको घोषणा समेत गरेको छ ।
आज शनिवार राजबिराज स्थित जिसस सभा हलमा गरिएको कार्यक्रमको अध्यक्षता सोहि संस्थाका अध्यक्ष गणेश कुमार आशले गर्नुभएको थियो ।
सो सभामा बोल्दै अध्यक्ष आशले आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै आव. ०७९ असार मसान्त सम्म कुल बचत संकलन ९५ करोड ३५ लाख १७ हजार ४२ रूपैया ७४ पैसा रहेको छ।

संस्थाको शेयर पुजी १० करोड ३३ लाख ७५ हजार १ सय रूपैया रहेको छ भने श्रृण लगानी ९३ करोड ७ लाख ६३ हजार ४० रूपैया २२ पैसा रहेको जानकारी गराउनु भयो ।

त्यसैगरी कार्यक्रममा संस्थाका उपाध्यक्ष बिजयानन्द झाले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा संस्थाका सचिव शैलेश चौधरी, ब्यबस्थापक बिनोद साफी,कोषाध्यक्ष मंजु देबी साह,लेखा सुपरिवेक्षण संयोजक दिनेश कुमार साह, संचालक समिति सदस्य सुरज सिँह, पत्रकार नविन गुप्ता, भूषण सिँह, जितेन्द्र झा जितु, बिदियानन्द राम, चन्दन यादब लगायत शेयर सदस्यहरूको उल्लेख्य रुपमा उपस्थिति रहेको थिया े।

संस्थाका सचिव शैलेश चौधरीले स्वागत गर्नु भएको कार्यक्रमको संचालन राजेश झाले गरेका थिए।

संस्थाले पुस २१ गते ईकाईगत रूपमा जिल्लाका पुर्वीभेगका सदस्यहरूको लागि हनुमानगरमा, पश्चिमीभेगका सदस्यहरूको लागि २२ गते पातोमा ईकाईको साधारण सभा सम्पन्न गरेको संस्थाका ब्यबस्थापक बिनोद साफीको भनाइ छ ।

Leave a Reply