भक्तपुरको लोकेश्वर सहकारीको मादल प्रशिक्षण शुभारम्भ कार्यक्रम सम्पन्न

0 Shares

 

 

लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को सांस्कृतिक उप–समितिको आयोजनामा मादल प्रशिक्ष्ँण शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ । संस्थाको १८औं स्थापना दिवसको अवसरमा भएको उक्त प्रशिक्षण कार्यक्रममा बोल्दै भक्तपुर २ नं. वडाका वडा सदस्य एवं भनपा सहकारी अनुगमन समितिका सदस्य श्याम सुन्दर मातांले सांस्कृतिक कलालाई जगेर्नामा सहकारीले यस्ता कार्यक्रमहरु नियमित गर्दै जानुपर्ने बताउनुभयो । उहा“ले भक्तपुर नगरपालिकाबाट गर्दै आएको विभिन्न कार्यको बारेमा चर्चा गर्दै हाल भक्तपुरमा नियम विपरित संचालनमा रहेका बहुउद्देश्य सहकारी संस्थालाई भनपाबाट सूचना जारी गरेपछि सहकारीहरुबाट सुधारका लागि आवश्यक प्रक्रियामा गएको बताउनु भयो । त्यस्तै अर्का अतिथि तथा संस्थाका अध्यक्ष राजन जतिले समुदायमा आधारित सहकारी संस्थाहरुले वित्तिय कारोबार मात्र नभइ सदस्य केन्द्रीत विभिन्न तालिम, प्रशिक्षण कार्यक्रम सहकारी भ्रमणहरु गर्नुपर्ने तथा यस संस्थाले विगतका दिनहरु देखि नै सदस्यहरुको व्यक्तित्व विकास हुने विभिन्न शिपमूलक तालिमहरु संचालन गर्दै आएको कुरा बताउनु भयो । साकोसको १८औं स्थापना दिवसको अवसर पारेर विभिन्न उपसमितिहरु मार्फत यहि पुस २३ गते रक्तदान तथा हार्डजोर्नी सम्बन्धी स्वास्थ्य शिविर र पुस ३० गते सदस्यहरु बीच हुने विभिन्न खेलकुद प्रतियोगिता एवं बालबचत कर्ताहरुको नेपालभाषा सस्वर वाचन प्रतियोगिता हुने भएकोले सहभागीताको लागि आवहन गर्नुभयो ।

संस्थाका संचालक सदस्य एवं सांस्कृतिक उप–समितिका संयोजक कमलश्वरी खर्वुजाको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रशिक्षक रभिम कपाली र दिलप्रसाद सुवालले पनि बोल्नु भएको थियो । एक महिना सम्म संचालन हुने मादल प्रशिक्षणमा जम्मा १८ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेका छन्को नेपालभाषा सस्वर वाचन प्रतियोगिता हुने भएकोले सहभागीताको लागि आवहन गर्नुभयो ।

संस्थाका संचालक सदस्य एवं सांस्कृतिक उप–समितिका संयोजक कमलश्वरी खर्वुजाको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रशिक्षक रभिम कपाली र दिलप्रसाद सुवालले पनि बोल्नु भएको थियो । एक महिना सम्म संचालन हुने मादल प्रशिक्षणमा जम्मा १८ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेका छन्

Leave a Reply