महिला शक्ति सहकारीको १४ औं बार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा पुन ः बास्तोला चयन

0 Shares

काठमाडौंको बल्खुमा रहेको महिला शक्ति बचत तथा ऋण सहकारी संस्था लि.को १४ औं बार्षिक साधारण सभा पुष २३ गते शनिबारका दिन आदिनाथ सामुदायिक वन उपभोक्ता समुह किर्तिपुर चोभारमा भब्यताका साथ सम्पन्न भएको छ ।
सो साधारण सभाको उद्घाटन प्रमुख अतिथि समेत रहेका नेशनल को अपरेटर्स अलायन्सका अध्यक्ष डिल्ली तिवारीले गरेका थिए ।
त्यसैगरी ,अतिथिहरुमा काठमाडौं महानगर सहकारी विभागका प्रतिनिधि शिवजी भट्टराई,पुर्व लेखा समिति संयोजक डा.विन्दु शर्मा,संस्थाका पुर्व प्रमुख कार्यकारी अधिकृत जमुना दाहाल,पुर्व लेखा समिति सदस्य तेजलता बज्राचार्य,लेखा परिक्षक गोविन्द प्रसाद पौडेल,बल्खु बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मोहन बहादुर बस्नेत,कुमारी क्लब बल्खुका अध्यक्ष राम बस्नेत,उमा देवी मन्दिरका उपाध्यक्ष सकुल हमाल,जनविकास माध्यमिक विधालयका प्रधानाध्यापक सीता ढकाल,निर्वाचन अधिकृत खगेन्द्र राउत,संस्थाकी अध्यक्ष नानुमैया बास्तोला,उपाध्यक्ष विन्दु कार्की,सचिव सुजाता श्रेष्ठ,कोषाध्यक्ष बबिता बस्नेत,सदस्यहरु शारदा खड्गी,मनमाया लामिछाने,शान्ति शर्मा,लेखा समिति संयोजक विद्या रघुवंशी,सदस्य सुनिता ढकाल,गीता के.सी लगायत विभिन्न सहकारी संघ संस्थाका प्रतिनिधिहरुको उल्लेख रुपमा उपस्थिति रहेको थियो ।
सो अवसरमा उद्घाटन सभामा आफ्नो मन्तब्य ब्यक्त गर्दै प्रमुख अतिथि तिवारीले संस्थाको सबै आर्थिक सुचाङकहरु राम्रो रहेकोले संस्थामा ढुक्क भएर कारोबार गर्न सदस्यहरुलाई आग्रह गर्नुभयो साथै महिला शक्ति सहकारीमा समस्या नरहेको र यस संस्थालाई सदस्यहरुको साथ सहयोगले गर्दा नै संस्थाले आज १० प्रतिशत बोनस वितरण गर्न सफल भएकोमा संस्थाले पुर्याएको योगदान प्रसंशनीय रहेको बताउनु भयो ।
साथै साधारण सभाको अध्यक्षता गर्दै सोही संस्थाकी अध्यक्ष बास्तोलाले प्रतिनिधिमुलक रुपमा सामाजिक सेवामा रहेर काम गर्दा आर्थिक रुपमा पनि संस्थामा कुनै पनि समस्या नआउने उल्लेख गर्नुभयो साथै अहिलेको बिषम परिस्थिति आर्थिक संकटको बेलामा पनि सदस्यहरुलाई १० प्रतिशत बोनस वितरण गरेको छ संस्थाले काठमाडौं महानगरपालिका अन्तर्गत ३२ ओटै वडाहरुलाई कार्यक्षेत्र विस्तार गर्न सफल भएका छौ साथै विभिन्न रेमिट्यान्स तथा डिजिटल प्रविधिको प्रयोगलाई निरन्तरता दिदै हायर पर्चेजमा नियमित लगानी धितो लगानी गरेको छ सदस्यहरु विस्तार गर्दै जाने कोपोमिसमा आवद्ध भई एक्सेस ब्राण्ड गएका छौ संस्था सदस्य केन्द्रित भई हरेक दुःख सुखमा साथ दिदै आइरहेको जनाउनु भयो ।
त्यसैगरी साधारण सभामा जेष्ठ सदस्य सम्मान चिजमाया भट्टराई,सुशिला अमात्य,मथुरादेवी श्रेष्ठ,गान्धुमाया कार्की,ईन्द्र कुमारी आचार्य,लाई प्रमुख अतिथि तथा संस्थाकी अध्यक्ष द्वारा दोसल्ला ओढाई सम्मान सहित मायाको चिनो वितरण गरिएको हो साथै एस. इ. इ उतिर्ण छात्र छात्राहरु भबिया झा,कौशल लामा,आयुष रोक्का,रोमन कार्की,सुइत अधिकारी,जोयक महर्जन,विबेक धिताल,अनुप वाग्ले,स्नेहा बराल,सचित्रा चौधरीलाई सम्मान गरिएको हो त्यसैगरी उत्कृष्ट ऋणि तर्फ सिजरा खातुन, उत्कृष्ट दैनिक बचतकर्ता जुनुमाया नेपाल, उत्कृष्ट कर्मचारी सम्मान अम्बिका चन्दलाई गरिएको थियो ।
साथै सो संस्थाको असार मसान्तसम्मको सदस्य संख्या १५७४ रहेको छ शेयर पुँजी १३८,७६,३०० बचत हिसाब १०,३०,७९६५४ ऋण लगानी १०,९३३९०२८ रहेको संस्थाको बार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ

संस्थाको सो साधारण सभाले पुनः नानुमैया बास्तोलाका अध्यक्षतामा कार्यसमिति चयन गरेको छ
त्यसैगरी संस्थाको उपाध्यक्षमा विन्दु कार्की, सचिव सुजाता श्रेष्ठ, कोषाध्यक्ष वविता बस्नेत र सदस्यहरुमा शारदा शाही, मनमाया लामिछाने, विद्या राजवंशी रहेका छन् ।
लेखा समितिको संयोजमा सुनिता ढकाल र सदस्यहरुमा भगवती बस्नेत सुरेखा हुजदार रहेका छन् ।

Leave a Reply