कपिलवस्तुको जयबुद्ध सहकारीको १२ औं बार्षिक साधारण सभा सम्पन्न

कपिलवस्तुको बुद्धभुमि नगरपालिका गोरुसिङ्गेमा रहेको जयबुद्ध बहुउद्देश्यीय सहकारी संस्था लि. को १२ औं बार्षिक साधारण सभा यहि पुष २३ गते शनिबारका दिन गौतम बुद्ध मा.वि गोरुसिङ्गेमा गरिएको छ ।
संस्थाका अध्यक्ष माधव दमासेको अध्यक्षतामा सम्पन्न साधारण सभाको उद्घाटन प्रमुख अतिथि समेत रहेका बुद्धभुमि नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठले गर्नुभएको थियो ।
सो सभामा सहकारी संस्थाको महत्वको बारेमा चर्चा गर्दै उहाँले संस्थाको साधारण सभाको पुर्ण सफलताको कामना व्यक्त गर्नुभयो ।
त्यसैगरी कार्यक्रमको अतिथिहरुमा प्रदेश सहकारी संघका लेखा संयोजक तेज प्रसाद आचार्य,संस्थाका पुर्व सल्लाहकार संयोजक राजेन्द्र सुवेदी,बुद्धभुमि नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष तेज बहादुर बस्नेत, बुद्धभुमि नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष सुरज प्रताप राणा,बुद्धभुमि नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष प्रमोद आचार्य लगायत विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरुको उल्लेख्य रुपमा उपस्थिति रहेको थियो
सो कार्यक्रममा उत्कृष्ट ऋणि सदस्य सम्मान गिता पोखरेल,रुक्मा थापा,पिताम्बर पोखरेल,हौसिल प्रसाद थारु त्यसैगरी जेष्ठ नागरिक सदस्य सम्मान पुरुष देउ प्रसाद शर्मा,महिला बाटुली भुषाल लाई संस्थाको तर्फबाट मायाको चिनो सहित सम्मान गरिएको हो ।
साथै एसईईमा उतिर्ण छात्र छात्राहरुलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थाको लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन लेखा संयोजक साहस शर्मा घिमिरेले पेश गर्नुभएको थियो । संस्थाले मोबाइल बैन्किङ, एस एम एस तथा विभिन्न रेमिट्यान्सका सेवाहरु प्रदान गर्दै आईरहेको छ संस्थाले कपिलवस्तु जिल्लाभरी कार्यक्षेत्र विस्तार गरी सदस्यहरुलाई सेवा प्रवाह गर्दै आईरहेको छ साथै कार्यक्रमको संचालन संस्थाका सचिव माधाव प्रसाद पौडेलले गर्नुभएको थियो स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष दिब्यरुपा खनालले गर्नुभएको थियो ।
उक्त कार्यक्रमको सहजीकरण संस्थाकी ब्यवस्थापक राधिका अधिकारीले गर्नुभएको थियो संस्थाको असार मसान्तसम्मको सदस्य संख्या १०१५ रहेको छ सेयर पुँजि १,६४,२२७०० कुल निक्षेप १३,१४८५६८८ ऋण लगानी १२,५६०,७०० रहेको संस्थाको बार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ