श्रीनिधि सहकारीको ११ औं बार्षिक साधारण सभा सम्पन्न, संस्थाको वित्तीय कारोबारमा उल्लेख्य प्रगति
पर्साको विरगंजमा रहेको श्रीनिधि बचत तथा ऋण सहकारी संस्था लि को ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सो कार्यक्रमको उद्घाटन प्रमुख अतिथि समेत रहनु भएका राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी उप्रतीले गर्नुभएको हो । कार्यक्रमको अध्यक्षता सोहि संस्थाका अध्यक्ष प्रेम चुडामणी बज्राचार्यले गर्नुभएको थियो ।
त्यसैगरी कार्यक्रममा कृषि तथा सहकारी मन्त्रालय सहकारी महाशाखा प्रमुख ओम नारायण झा‚ नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति विरेन्द्र राज कँडेल‚ सहकारी बोर्डका पूर्व संचालक शम्भु गुप्ता‚ जिल्ला बचत तथा ऋण सहकारी संघका महासचिव जिष्णु बरालको विशेष आतिथ्यता लगायतहरुको रहेको थियो ।
सो उद्घाटन सभामा बोल्दै प्रमुख अतिथि उप्रेतिले धेरै जिल्लामा को–अपरेटिभ म्यानेजरस क्लबका कारणले सहकारीमा सु–व्यवस्था कायम भएको बताउनुभयो ।
ले यस संस्थाका प्रमुख कार्यकारी पनि क्लबका अध्यक्ष रहेकाले त्यसको अनुभूति आफ्नो संस्थाबाट दिनुपर्ने जानकारी दिनुभयो । संविधानमा समाजबाद उन्मुख अर्थतन्त्र सफल बनाउन सहकारीको महत्वपूर्ण योगदान रहने भएको कारण सरकारको सहकारी प्रतिको धारणा सकारात्मक हुनुपर्ने बताउँदै अहिलेको विषम परिस्थितिमा सहकारीलाइ हेर्ने दृष्टिकोण फरक परेको छ हालको मन्दिमा सहकारीमा मात्रै समस्या परेको नभइ बैंकिंङ क्षेत्रमा पनि समस्या रहेको जानकारी गराउनु भयो ।
साथै उहाँले अहिलेको तरलता संकट सन्दर्भ व्याजदर सहकारी नियमावलीको विषयमा स्पष्ट धारणा राख्नुभयो । साथै संस्थाको साधारण सभाको सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो
संस्थाको २०७८÷०७९ को वार्षिक प्रतिवेदन र २०७९÷०८० को प्रस्तावित बजेट पेश संस्थाका प्रमुख कार्यकारी अधिकृत चन्देश्वर प्रसाद चौरसियाले गरेका थिए । संस्थाको शेयर पूँजी ४ करोड ८४ लाख ४९ हजार १००‚ बचत संकलन ७९ करोड ८१ लाख ७४ हजार ४ सय ३७‚ ऋण लगानी ६९ करोड १० लाख ५५ हजार ९ सय ७१‚ नाफा २ करोड ७८ लाख ३२ हजार १ सय २४ रहेको सस्थाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सो अवसरमा संस्थाले उत्कृष्ट सदस्य र कर्मचारीलाई पुरस्कृत गरेको थियो । सभा उपस्थित अतिथि लागयतहरुले सस्थाको बार्षिक साधारण सभाको शुमकामना सहित आ– आफ्नो मन्तव्य राखेका थिए ।
