बहुआयामिक कृषि सहकारीको १४औ बार्षिक साधारण सभा सम्पन्न, जेष्ठ सदस्यलाई गरियो सम्मान
काठमाडौंको नागार्जुन नगरपालिका ४ सोल्टीदोबाटोमा रहेको बहुआयामिक कृषि बचत तथा ऋण सहकारी संस्था लि.को १४ औं बार्षिक साधारण सभा यहि पुष ३० गते शनिवारका दिन सम्पन्न गरिएको छ । सो कार्यक्रमको उद्घाटन प्रमुख अतिथि समेत रहेका सम्मानिय समामुख पशुपति शमशेर राणाले गर्नुभएको हो । कार्यक्रमको अध्यक्षता सोहि संस्थाका अध्यक्ष धुव्र प्रसाद खनालले गर्नुभएको हो । सो कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि राणाले छोटो समयमा संस्थाले गरेका योगदानका विषयमा चर्चा गरेका थिए ।
सो सभामा आफ्नो बार्षिक प्रतिवेदन पेश गर्दै संस्थाका अध्यक्ष खनालले सहकारी भावना मुल्य मान्यता अनुरुप पारदर्शी रुपमा सदस्यहरुको आर्थिक व्यवसायिक एवं सामाजिक हितको लागि सदस्यहरुको विकासमा समेत टेवा पु¥याउन सहकारी क्षेत्रको मात्र करिब एक तिहाई योगदान रहेको र निजी क्षेत्र सहकारीलाई ३ खम्बाको रुपमा लिएको भन्दै सहकारी ऐन २०७४ ले सहकारी संस्थाको आयकर ५० प्रतिशत देखि ७५ प्रतिशत सम्म छुट दिने व्यवस्था भएपनि हाल आएर सहकारी संस्थाहरुको वर्गीकरण गरी सरकारबाट भएको कुराको बारेमा पं्रशसा गर्नुभयो । यस्ता विषयहरुमा सहकारी अभियान्तहरुले राज्यसँग आवाज उठाउनु पर्नेमा उनको जोड थियो ।
सो कार्यक्रमको विशिष्ट अतिथिहरुमा पूर्व मन्त्री तथा समाजसेवी विक्रम बहादुर थापा, बागमती प्रदेशका माननीय मन्त्री उद्धव थापा, बागमती प्रदेश सांसद केशव प्रसाद पोखरेल नेपाल सरकारका पूर्व सचिव योगेन्द्र कुमार कार्की, नागार्जुन नगरपालिका सहकारी विभागकी प्रतिनिधि सिता घिमिरे, नागार्जुुन नगरपालिको वडा नं ४ का वडा अध्यक्ष तथा नगर प्रवक्त महेश रिमाल सहकारी बैंक कलंकी शाखा प्रमुख रामकुमार तिमल्सिना, वरिष्ठ कलाकार तथा समाजसेवी मदनदास श्रेष्ठ लगायत विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरुको उल्लेख्य रुपमा उपस्थिति रहेको थियो ।
कार्यक्रमको स्वागत मन्तव्य संस्थाका सचिव सुशिल केसीले गर्नुभएहो हो । लेखा समिति संयोजक टयान सिंह लामाले लेखा समितिको प्रतिवेदन पेश गर्नुभएको थियो ।
सो अवसरमा संस्थाले जेष्ठ नागरिक सम्मान पुनम श्रेष्ठ, मिरा कुँबर सिजन श्रेष्ठ, जिना श्रेष्ठ सरिता बुढाथोकी र एकल महिला सम्मान शान्ता न्यौपाने, मिठु गिरी, लक्ष्मी श्रेष्ठ, विष्णु थापामगर मैया गाईने र सन्तमान तामाङ लाई खादा र नगर सहित सम्मान गरिएको थियो ।
उत्कृष्ट कर्मचारी सम्मान संस्थाकी कर्मचारी शर्मिला बुढाथोकीलाई प्रदान गरिएको हो ।
संस्थाको गत असार मसान्त सम्मको सदस्य संख्या, १५३३, सेयरपूजी ३७०५७८००, निक्षप संकलन २१,५५,४७,९०३, कर्जा लगानी ३१९०७९७५६, कुल कारोबार ६७,२०४८, ८६६ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
