सर्लाहीको सहारा सहकारीले दियो सदस्यहरुको जीवनस्तर उकास्न अब्बल वित्तीय सेवा
सर्लाहीको मलंगवामा मुख्य कार्यालय रहेको सहारा मल्टिपर्पस को–आपरेटिभ सोसाइटी लिमिटेडको १९औं वार्षिक साधारणसभा यहि मिति २०७९ पुष गतेका दिन सम्पन्न गरिएको छ ।
उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि समेत रहेका जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशक किशोर सिंहले गरेका थिए । कार्यक्रमको अध्यक्षता सोहि संस्थाका अध्यक्ष डा. वसी अहमद मिकरानीले गर्नुभएको हो ।
सो सभामा बोल्दै अध्यक्ष मिकरानीले संस्थाको बार्षिक प्रतिवेदन पेश गर्दै सदस्यहरुको साथ सहयोग र कर्मचारीहरुको कुशल व्यवस्थापनका कारण संस्था आजका दिन सम्म आईपुग्दा प्रगतीपथमा अगाडि बढिरहेकोख जानकारी गराए ।
साथै उहाँले भालिका दिनहरुमा पनि सदस्यहरुको अवश्यकतालाई मध्यनजर गरी थप वित्तीय सेवा प्रदान गर्दै जानेमा उहाँको जोड रहेको थियो ।
संस्थाको गत आर्थिक वर्ष २०७७÷०७८ मा संस्थाको कुल शेयर पुँजी रु ४ करोड ५९ लाख ७ हजार ५ सय रुपैयाँ रहेकोमा आ.व २०७८÷०७९ सम्ममा रु ४ लाख ३९ हजार ६ सय रुपैयाँले वृद्धि भई कुल शेयर पुँजी ४ करोड ६३ लाख ४७ हजार १ सय रुपैयाँ पुगेको छ ।
निक्षेप संकलन रु ६७ करोड ५ लाख २५ हजार १ सय २६ रुपैयाँ रहेकोमा आ.व ०७८÷०७९ सम्ममा ४ करोड २३ लाख५३ हजार ७ सय ६ रुपैयाँले वृद्धि भइ कुल निक्षेप रकम ७१ करोड २८ लाख ७८ हजार ८ सय ३३ रुपैयाँ रहेको जनाईएको छ ।
सो अवसरमा सो अवसरमा संस्थाले प्रधान कार्यालय लगायत सेवा केन्द्रहरु बरहथवा,हरिवन,गोडैता र पर्साका असल श्रृणी,बचतकर्ता र निक्षेप संकलनकर्ताहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।
जानकी पार्टी प्यालेस मलंगवामा सम्पन्न भएको कार्यक्रममा संचालक समितिका सदस्य,शेयर सदस्य,कर्मचारी,बचतकर्ता पत्रकारहरु लगायतको उल्लेख्य रुपमा उपस्थिति रहेको संस्थाका मुख्य प्रबन्धक सुनिल कुमार गुग्ताको भनाई छ ।
अन्तराष्ट्रिय सहकारी मुल्य, मान्यता र सिद्धान्तको पालना गर्दै आईरहेको सो संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरुलाई मध्यनजर गर्दै आफ्ना सदस्यहरुलाई आर्थिक सामाजिक तथा सास्कृतिक रुपमा वित्तीय सेवा मार्फत उनिहरुको जीवन स्तर उकास्नमा उल्लेखनीय योगदान पु-याउन सफल भएको छ ।
्
