सहकारी बैंक र जनज्योति कृषि सहकारी द्धारा राजविराजका १०० विपन्न घर परिवारलाई कम्बल वितरण

चिसोबाट प्रभावित सप्तरीका १०० गरिब तथा विपन्न समुदायका परिवारलाई बुधवार न्यानो कम्बल वितरण गरिएको छ ।
राष्ट्रिय सहकारी बैंक र सप्तरीको राजविराजमा रहेको जन ज्योति कृषि सहकारी संस्थाको संयुक्त आर्थिक सहभागितामा राजविराज नगरपालिका वडा नम्बर–९, मलेठ र वडा नम्बर–१०, दिघवा टोलमा रहेका १०० घरधुरी तथा विपन्न परिवारलाई कम्बल वितरण गरिएको छ ।
मधेश प्रदेशमा अत्याधिक चिसोका कारण अति विपन्न परिवारलाई असहज भइरहेको अवस्थामा बैंकले कम्बल वितरण गरेपछि उनीहरूले राहतको महसुस गरेका छन् ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत राजविराज क्षेत्रमा रहेका अति विपन्न दलित बस्तीमा चिसोका कारण कसैले पनि अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ विपन्न परिवारको पहिचान गरेर न्यानो कपडा वितरण गरिएको बैंकका सञ्चालक विश्वनाथ भनाई छ ।
त्यसैगरी सो कम्बल वितरण कार्यक्रममा बैंकका सञ्चालक विश्वनाथ मण्डल,राजविराज शाखाका शाखा प्रमुख चन्द्रमणि भट्टराई तथा जन ज्योति कृषि सहकारीका सञ्चालक एवम् कर्मचारीहरूको रोहवरमा वितरण गरिएको हो
यसअघि बैंकले सिराहाको धनगढी माई नगरपालिका वडा नम्बर १ मा पनि विपन्न परिवारलाई कम्बल वितरण गरेको थियो ।
।