रौतहटको चन्द्रोदय सहकारीले मनायो १५ औं स्थापना दिवस, सामाजिक कार्यमा संस्था निरन्तर अगाडि

रौतहटको चन्द्रनिगाहपुरमा रहेको चन्द्रोदय साकोसको १५औं स्थापना दिवस २०७९÷११÷१५ गतेका दिन सम्पन्न गरिएको छ ।
संस्थाको सो १५औं स्थापना दिवस चन्द्रपुर–८ स्थित मोतिपुर हात्तिसारमा रहेको महादेव मन्दिरको परिसरमा सम्पन्न भएको हो ।
संस्थाले आफ्नो स्थापना दिवसको दिन हरेक बर्ष सामाजिक कार्यमा गर्दै आइरहेको छ । यो बर्ष पनि संस्थाले १५औं स्थापना दिवसमा उक्त वडामा रहेको महादेव मन्दिरमा आउने भक्तजनको लागि केहिबेर भएपनि विश्रामको लागि छाना सहितको दुई थान बेन्ची प्रदान गरेको छ भने यो भन्दा अगाडिका बर्ष हरुको स्थापना दिवसका दिन मुख्य चोक देखि बजार सम्म सत डस्बिन,घोरिदेबि मन्दिर परिसरमा दुई थान बेन्ची,समता स्कुल निर्माणको लागि सय बोरा सिमेन्ट लगायत विभिन्न कार्यहरूमा साथ दिदै आइरहेको छ भने १५औ स्थापना दिवसको कार्यक्रममा २० जना नयाँ बाल सदस्य तथा सेयर सदस्य लाई संस्थाको पारिबारिक सदस्य बनाइएको छ ।
संस्थाका अध्यक्ष बसन्त आचार्यको सभा अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा चन्द्र्पुर नपा–८ का वडा अध्यक्ष जितेन्द्र चौधरीको आतिथ्यता रहेको कार्यक्रम अतिथि हरुमा उक्त मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष नेत्र प्रसाद अधिकारी,युवा नेता तथा समाजसेवी द्वव नवराज दाहाल,सरोज बछार,नवीन बराल,जनज्योति उ.मा.बि.का पुर्ब प्रअ शंकर भट्टराई वडा सदस्य अम्बिका ढुङ्गेल लगायतको उपस्तिथि रहेको कार्यक्रमको संचालन संस्थाका उपाध्यक्ष रामशरण गौतमले गर्नुभएको हो ।
कार्यक्रममा उपस्थित ब्यक्तित्व हरुलाई स्वागत मन्तव्य संस्थाका सचीव संजय साहले राख्नुभएको कार्यक्रममा संस्थाका संचालक समिति,लेखा समितिका पदाधिकारी तथा विभिन्न उपसमितिका सदस्य सहित कर्मचारी हरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण सोहि संस्थाका व्यवस्थापक सरन चौधरीले गरेका थिए ।