सहकारी संस्था र यसको संरक्षरण राज्यको दायित्व
रुस र युक्रेनको युद्ध पछाडी विश्व नै आर्थिक मन्दीको चरण गइरहेको सबैलाई जानकारी नै छ । युरोप, अमेरिका लगायत विश्वका शत्तिशाली मुलुकमा पनि हरेक उपभोग्य सामाग्रीमा अत्याधिक मुल्य वृद्धि भएर जीवनस्तर चलाउन नै आम नागरिकलाई असहज हुदै गएको, विश्वमा क्रियाशिल बहुराष्टीय कम्पनीहरुले आफ्ना हजारौं कर्मचारी कटौती गरेको समाचारहरु आइरहेका छन् । नेपाल कै छिमेकी मुलुक श्रीलंका मा आर्थिक मन्दि कै असर स्वरुप राज्यले जनतालाई आवश्यक पर्ने अत्यावश्यक सामाग्री आयात गर्न नसकेर देशको अर्थतन्त्र नै धरासायी भएको छ । पाकिस्थानको पनि अवस्था त्यस्तै रहेको समाचार आइरहेको छ । युरोपियन मुलुकका नागरिकले खर्चको कटौती गरि जीवन यापन गरिरहेका छन् । अत्याआवश्यक बाहेक विलासी बस्तु तथा सेवाका व्यापार खपतमा कमी आएर चलिरहेका कतिपय उद्योग कलकारखाना बन्द हुने अवस्थाको सृजना भएको छ । कर्जाको महगो ब्याजदरले उत्पादन पनि झन महँगो भएको छ । ब्याजदरमा भएको वृद्धिले मानिसले व्यवसायिकतामा भन्दा बैकमा आवधिक बचत राखेर त्यही ब्याज बाट बढि नाफा हुने अवस्थाको सृजना भएको छ । त्यसले गर्दा हाम्रो जस्तो मुलुकमा बेरोजगार संख्या बडेको छ । बसेर खान पुग्ने अवस्थाको सृजना भएका हुदाँ समुदायमा रहेका धनी र गरिबको खाडल झन बडेको छ । गरिब झन गरिब र धनी झन धनी हुने अवस्था भएको छ ।
नेपालमा सहकारीलाई राज्यले आर्थिक मेरुदण्डका रुपमा तीन वटा खम्बा मध्ये एउटा खम्बाको रुपमा सहकारी चित्रण गरेपनि यस क्षेत्रको विकास र विस्तारमा खासै चासो दिइरहेको छैन । धैरे जसो नेपाल कृयाशिल सहकारी संस्था बचत तथा ऋण नै रहेका छन् । सबै क्षेत्रबाट चौतर्फि हमला सहकारी क्षेत्रमा भएको अनुभुति आम सहकारी कर्मीले गरिरहेका छन् । सहकारी क्षेत्रमा सकारात्मक कुराको चर्चा कम तर नकारात्मकताका बढि भइरहेको छ । हाम्रो समाजको दृष्टिकोण राम्रो भन्दा नराम्रो खोज्ने रहेको छ जुन सहकारी क्षेत्रमा पनि रहेको छ । आर्थिक मन्दिको असरमा आजभोलि देशको एउटा खम्बा सहकारी क्षेत्रमा पनि छिटपुट यसको असर देखिएको छ । सहकारीले गरेका राम्रा र सकारात्मक कामको चर्चा कम तर नगन्य रुपमा समस्यामा आएका देशमा क्रियाशिल तीस हजार सहकारी संस्थामा सबैमा समस्या नआए पनि केही केहीमा आएको तरलताको संकटले समग्र सहकारीकर्मीहरु आत्तिएको अवस्था सृजना भएको छ । यो मन्दिको विषम परिस्थितीमा सरकारले अभिभावकिय भुमिका निभाउनु पर्ने ट्कारो आवश्यकताको महशुस भएको छ ।
सहकारीमा समस्या के कारणले आयो त भनेर अध्ययन अनुसन्धान गर्दा समस्या आएका सहकारीमा लगानी भएका कर्जा सहज तवरले उठाउन नसक्नु, सहकारी प्रतिे फैलाएको नकारात्मक दृष्टिकोण, सहकारी अभियान्ता भनिएका सहकरी संघहरु, सहकारी बैकं लयातका संस्थाहरुले सहकारीको वास्तविक समस्या पहिचानमा ध्यान नपुग्नु र सहकारीलाई तरलता सहजताको लागि आवश्यक कर्जा उपलब्ध गराउन नसक्नु प्रमुख कारण देखिन्छ । सहकारीलाई संस्थामा बचत राख्ने शेयर सदस्यले मुनाफा मात्र हेर्ने र बैंक नै सोचेर कारोबार गर्ने प्रचलन शहरमा क्रियाशील सहकारी संस्थामा देखिएको छ । सहकारी मुल्य मान्यता र दृष्टिकोणको कमी आम शेयर सदस्यमा मात्र नभएर सहकारी संस्थाका संचालक समितिमा रहेका अधिकाश व्यक्तिमा रहदै आएको छ । शेयर सदस्यहरुलाई यो हाम्रो संस्था हो भन्ने सोचाइको विकास गराउन संस्थाले जरुरी भएको छ । त्यसको लागि सहकारी संस्थाले सहकारी शिक्षामा जोड दिनु आवश्यक रहेको छ । सहकारी शिक्षामा लगानी बडाउन जरुरी छ । अर्को समस्या भनेको राज्यले अधिक मात्रामा सहकारी संस्थाहरु दर्ता गर्न दिएर ती संस्थाहरुको अनुगन लगायत काम कारवाही गर्न नसक्नु पनि अहिलेको समस्याको कारण हो । सहकारी संस्था धेरै हुदाँ कर्जा लिने शेयर सदस्यले एउटामा मात्र नभएर धेरै वटामा कर्जा लिएर पनि अहिले समयमा कर्जा चुक्ता गर्न सहकारी संस्थाका ऋणीहरुलाई गा¥हो भएको हो । आर्थिक मन्दिले आम नागरिक सबैको आम्दामी कम भएको छ बैंकले विगत एक वर्ष देखि सहज रुपमा कर्जा प्रवाह गरेको छैन त्यसकारणले पनि सहकारी संस्थामा कर्जा उपभोग गरिरहेका शेयर सदस्यले कर्जा लिएर कर्जा तिर्न नसक्ने अवस्था भएको छ । त्यसले पनि सहकारी संस्थामा कर्जा उठ्न असहज भएको छ । अधिकाशं सहकारी संस्थाको लगानी अप्रत्यक्ष रुपमा घर जग्गामा पुगेकोले देशमा आजभोली घरजग्गा कारोबारमा आएको मन्दिले पनि घर जग्गा बेचेर कर्जा भुत्तानी गर्छु भन्ने कर्जा उपभोत्तालाई कर्जा तिर्न गा¥हो भएको छ त्यसको असर सहकारी लगायत बैकिङ् क्षेत्रमा परिरहेको छ । सहकारी प्रत्यक्ष र अप्रत्यक्ष रुपमा समाज र देशलाई पु¥याएको योगदान लाई अपमुल्यन गरेर यो क्षेत्रलाई अवश्य पनि माथि उठाउन सकिदैन् । मध्यम बर्गका नेपालीको आर्थिक यात्राको सहयात्रीको रुपमा अगाडी बडिरहेको यस क्षेत्रको विकास र उन्नतीको लागि सरकार र सम्बधित क्षेत्र चनाखो हुनु पर्दछ । सहकारी क्षेत्रको विकास सँग समग्र नागरिकको विकास जोडिएको तथ्यलाई भुल्नु हुदैन्।
