सुनौलो आयाम सहकारीको १४ औं स्थापना दिवसको अवसरमा जेष्ठ सदस्य तथा सदस्य शिक्षा कार्यक्रम सम्पन्न
काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर १० मा रहेको सुनौलो आयाम बचत तथा ऋण सहकारी संस्था लि.को १४ स्थापना दिवसको अवसरमा जेष्ठ सदस्य तथा सदस्य शिक्षा कार्यक्रम चैत्र १३ गते सोमबारका दिन संस्थाको प्राङ्गणमा सम्पन्न भएको हो
कार्यक्रममा संस्थाका अध्यक्ष सागर लम्सालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि समाजसेवी हरिप्रसाद लम्सालको प्रमुख आतिथ्यतामा रहेको थियो कार्यक्रममा काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कुन)का नवराज सुवेदी र सबिना न्यौपानेको उपस्थिति रहेको थियो साथै कार्यक्रममा संस्थाका २६ जना जेष्ठ सदस्यहरुलाई समेत सम्मान गरिएको थियो
त्यसैगरी संस्थाका अध्यक्ष सागर लम्सालले जेष्ठ सदस्यहरुलाई सम्मान गर्न पाउँदा खुशी व्यक्त गर्दै संस्थाले आफ्ना सेयर सदस्यहरु बिच बचत तथा ऋण कारोबार संचालन गर्नुका साथै सामाजिक उत्तरदायित्व अन्तरगत समय समयमा रचनात्मक क्रियाकलापहरु संचालन गर्दै आएको छ साथै कार्यक्रमको संचालन संस्थाका सचिव अमृत बराईलीले तथा स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष ओम प्रसाद ढकालले गर्नु भएको थियो संस्थाले उक्त कार्यक्रममा अस्पताल कलेजहरुसग सहकार्य गरी सदस्यहरुलाई ५ देखी ५० प्रतिशत छुट समेत उपलब्ध गराउदै आएको छ मनमोहन मेमोरियल अस्पताल,मेदान्त आयुर्वेद,क्याम्बिज कलेज,कोजी फुडल्याण्ड लगायत सग सहकार्य गरी छुट उपलब्ध गराउदै आएको जानकारी गराईएको छ
